सर्लाहीमा महिला प्रहरीको नेतृत्वमा निर्वाचन

अगम कुमार उपाध्याय
रौतहट, १ जेठ– सर्लाहीको मलंगवा नगरपालिका ८ मोहर सिंह मतदान केन्द्रमा महिला सुरक्षार्मीले शान्तीपुर्ण रुपमा मतदान गराएका छन ।
रौतहटको बौद्धीमाई नगरपालिका ९ सरमुजवा निवासी महिला प्रहरी सहाय निरिक्षक पुजा मिश्रको नेतृत्वमा खटिएको टोलीले शान्तीपुर्ण रुपमा निर्वाचन गराएको हो ।
महिला प्रहरी मिश्रको नेतृत्वमा खटिएका सबै सुरक्षार्मी महिला नै थिए । महिला सुरक्षार्मी खटिएपछि मतदान केन्द्रमा आएका महिला मतदाता सबभन्दा बढी खुशी भएका थिए ।
मधेश प्रदेशमै मतदान गराउन महिला टोलीको नेतृत्वमा मतदान केन्द्र जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
जिम्मेवारी दिए महिलाले ईमान्दारी र सहजपुर्ण वातावरणमा काम सम्पन्न गर्छन भने उदाहरण महिला प्रहरी मिश्र नेतृत्वको टोली बनेको छ ।
विवाद रहित सम्पन्न गरिएको उक्त मतदान केन्द्रमा रहेको एक हजार ३ सय ९५ मत मध्ये ९ सय ६३ मत खसेको थियो ।
अहिले मलंगवा नगरपालिकामा पनि मतगणना सुरु भईसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।