पिसीआर टेस्ट गर्ने उपकरणको लागी गढिमाई नपाद्धारा ५ लाख

रौतहट । भदौ ६ गते
विश्व महामारीको रुपमा फैलिरहेको नोबेल कोरोना भाईरस रौतहटमा समुदाय स्तरमा फैलिरहेको बेला रौतहट जिल्लामा पिसीआर टेस्ट गर्ने उपकरणको अभाव भए पछि प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको नेतृत्वमा जिल्ला बिपत ब्यबस्थापन समितीको बैठकबाट पि सि आर टेस्ट मेसिन खरिद तथा स्तरीय आईसोलेशन निर्माण कार्य को लागी प्रत्येक स्थानीय तहबाट ५ लाख सहयोगको निर्णय बमोजिम गढिमाई नगरपालिका समनपुर रौतहटले ५ लाख रुपैयाँ गौर अस्पताल एम्बुलेन्स सेवाको नाममा रु ४८०००० को चेक र नगद रु २०००० गरी जम्मा रु ५००००० अक्षरेपी रु पाँच लाख मात्र सहयोग सम्बन्धित सेवा समितिलाई उपलब्ध गराएको छ । गढिमाई नगरपालिकाको जन प्रिय नेता मेयर श्याम यादव अहिलेको अवस्थामा परि आउने जस्तोसुकै विपत्तिमा सहयोग गर्न बताउनु भएको छ ।