रौतहट । भदौ ०७ गते
बागमती नदिमा नुहाउने क्रममा तीन बालिका हराई रहेको खबर सेलाउन नपाउँदै अर्को एउटा घटना रौतहटमा घटेको छ । पोखरिमा डुबेको अवस्थामा शव फेला परेको हो । जिल्लाको गरूडा नगरपालिकामा डुबेको अवस्थामा आज शव फेला परेको हो । गरूडा नगरपालिकाको वडा नम्बर ६ पोठियाही टोलमा बालक को शब फेला परेको हो । शवको पहिचान स्थानिय मेराजुल दर्जीको ११ वर्षिय छोरा हसमुदिन दर्जि रूपमा गरिएको ईलाका प्रहरी कार्यालय गरूडाका डिएसपि ज्ञान कुमार महतोले जानकारी गराउनु भएको हो । माछा पोखरिमा डुबेको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर पाए लगत्तै प्रहरी घटना स्थलमा पुगेको छ । हिजो शनिबार बिहान १० बजे देखि हराईरहेका दर्जिको शव आज दिउँसो २ बजेर १० मिनटमा बरामद भएको ईप्रका गरूडाले जनाएको हो । घटनाको बारेमा थप अनुसंधान भईरहेको र शवको पोष्टमार्टमको लागि जिल्ला अस्पताल गौर पठाउने तयारी भईरहेको डिएसपि महतोले जनाए ।