यमुनामाईमा ग्यास सिलिण्डर वितरण आज देखि सुरु

रौतहट । साउन १२ गते
रौतहट जिल्लाको यमुनामाई गाउँपालिकाले ५५० घर धुरिलाई ग्यास सिलिन्डर बितरण गरिएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा वडा न ४ सरुअठामा ग्यास वितरण आज देखि सुरु गरिएको हो ।
धुवा मुक्त क्षेत्र बनाउने उदेश्यले रौतहटको अधिकान्श स्थानिय तहले ग्यास र चुल्हो बितरन गरिएको अभियानलाई निरन्तरता दिदै यमुनामाई गाउँपालिकाले पनि आफ्नो गापामा रहेको सबै वडामा ग्यास र चुल्हो बितरन कार्य प्रारम्भ गरेको छ ।

वडा न ४ को अध्यक्ष आशवनी राय यादव (चेतन)को अध्यक्षतामा आज सरुअठामा ५५० घर धुरिलाई ग्यास चुल्हो बितरन गरिएको छ । बाकी रहेको घर परिवारलाई पनि चाडै ग्यास र चुल्हो बितरन गरिने वडाअध्यक्ष आशवनी राय यादवले प्रतिबद्धता गरेका छन ।

उक्त ग्यास तथा चुल्हो बितरन कार्यक्रममा यमुनामाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत भोजराज एडिको तथा नायव सुब्बा शेष समशाद लगायत गाउँका समाजसेवी, बुद्धिजीवी पत्रकारहरु को उपस्थित रहेको थियो ।