शिवनगर मन्दिरमा आजदेखि लगाइयो ताला


रौतहट । साउन १२ गते
रौतहट जिल्ला को शिवनगर स्थित रहेको प्रसिद्ध शिवालय मन्दिर आज देखि बन्द गरिएको हो । साउन महिना को सोमबारको दिन भतजनहरू को भिडभाड अत्यधिक हुने भएपछि र समुदाय स्तरमा कोरोना संक्रमण बढ्दै गएपछि मन्दिर को मूल गेटमा ताल्चा लगाई बन्द गरिएको प्रहरीले जानकारी दिएको छ ।
खासगरी सोमबार मानिसहरूको भिडभाड बढ्ने भएपछि त्यो दिन मन्दिरमा ताला लगाई बन्द गरिने स्थानिय प्रशासनले जनाएको हो । आज सावनको तेस्रो सोमबार बन्द भएको हो । यस अघिको सोमबार का दिन मन्दिर खुल्ला गरिएको थियो भिडभाड बढ्दै गएपछि प्रशासन ले यस्तो निर्णय लिएको हो । जिल्ला कै प्रसिद्ध शिव मन्दिर हिजो राती ८ बजे देखि बन्द गरिएको छ । समुदायमा कोरोना फैलिरहेको विषयलाई मध्यनजर गर्दै यस्तो निर्णय भएको हो । सावनको महिनामा यी मन्दिरमा अत्याधिक भिडभाड हुने गरेकोले मन्दिर भित्र प्रवेश निशेध गरिएको ईप्रका गरूडाका डिएसपी ज्ञान कुमार महतोले जानकारी गराएका छन् । आफनै गाउँ घरको शिव मन्दिरहरूमा पुजापाठ गर्न सबै सर्वसाधारण हरूमा डिएसपी महतोले अनुरोध गर्नु भएको छ । प्रहरीले ताल्चा लगाएपनि मन्दिर बाहिर भतजनहरूको भिडभाड कायम रहेको स्थानीय पत्रकार करण मिश्राले बताए । शिवमन्दिरको महन्थ कृष्णदेव गिरिका अनुसार कोरोनाको सम्भाबित जोखिमबाट बचनको लागि शिवमन्दिरको चारैतिरको ढोका बन्द गरिएको बताउनु भएको छ ।