चिनी मिल बन्द गर्ने निर्णय प्रति उखु उत्पाद संघ रौतहटको आपती

रौतहट । साउन १२ गते
उखु उत्पाद संघ रौतहटले विज्ञप्ती जारी गरेर श्रीराम सुगर मिल्स लिमिटेडद्धारा विना छलफल एवं सहमतीको एकाएक मिल्सलाई स्थायी रुपमा बन्द गर्ने निर्णय प्रति घोर भतर्सना गरेको छ । गते पुस महिनामा काठमाण्डौ स्थित उद्योग मन्त्रालयमा मिल्स व्यवस्थापन समिति, उखु उत्पादक संघ, महासंघ विच चैत महिना भित्र उखु किसानको बक्यौता रहेको ३२ करोड भुक्तानी दिएर शुन्य बनाउने सहमती अनुसार कोभिड १९ को बहाना बनाएर मिल्स व्यवस्थापन पक्षद्धारा किसानको रकम नदिई एकाएक स्थायी रुपमा बन्द गर्ने निर्णयबाट रौतहटको उखु किसान मर्माहतमा परेको छ ।उखु उत्पादक संघका सचिव सखिन्द्र यादवले संग मोवाइल सम्पर्कको माध्यमबाट कुरा गर्दै जसरी भएपनि उुख किसानको रकम भुक्तानी दिनुपर्ने, कुनैपनि बहानामा उद्योग बन्द नगर्न वारे सम्बन्धित निकायमा पत्राचार भईरहेको भोली सम्म उद्योग मन्त्रालय र स्थानीय प्रशासनबाट कुनै निकास नआएमा मंगलवार देखि चरणबद्ध संघर्षमा जाने चेतावनी दिए ।