रौतहट,साउन २८ गते
रौतहटका नयाँ प्रमुख जिल्ला अधिकारी (सिडिओ) इन्द्रदेव यादवले आज (बुधवार ) बाट कार्यभार सम्हालेका छन् ।
यादवले बुधवार दिउँसो जिल्ला प्रशासन कार्यालय गौर आएर कार्यभार सम्हालेका हुन् ।नेपालको ईतिहासमा प्रमुख जिल्ला अधिकारीको पदमा सधै पहाडी वर्गाको हावी रहदैँ आएको अवस्थामा वि.स. २०६३ सालको मधेश आन्दोलन पछि मधेशी समुदायका नागरिकहरुलाई पनि विभिन्न सरकारी सेवाको उच्च पदमा प्रवेश गरे संग प्रमुख जिल्ला अधिकारी पदमा पनि केही मधेशी समुदायका व्यक्तिहरुको पहुचले सवै मधेशी समुदाय उत्साहित बनेका छन् ।०६२ सालमा स्वास्थ्य सेवाको हेल्थ असिस्टेन्टको पदबाट सरकारी सेवा शुरुआत गर्नु भएको हो ।
सिरहा जिल्लाको बरियार पट्टी गाउँपालिका कजरा झिजैल निवासी ३९ वर्षिय ईन्द्रदेव यादव २०६९ सालमा नेपाल सरकारको निजामती सेवाको शाखा अधिकृत पदमा नेपाल टप गर्न सफल भई कडा मेहनत र लगनसिलताबाट वि.स. २०७५ सालमा उपसचिव र २०७७ सालमा सह—सचिव भई आज रौतहट जिल्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा पदभार ग्रहण गर्नु भएको हो। प्रजिअ यादवलाई जिल्लाका सुरक्षा अधिकारीहरुले स्वागत गरे । यादवले सबैसँग समन्वय गरी जिल्लाको शान्ति सुरक्षा कायम गर्नेदेखि अन्य समस्याहरुको समाधान गर्न पहल गर्ने बताए ।
यसअघिका प्रजिअ बासुदेव घिमिरे गृह मन्त्रालय सरुवा भएर गएपछि यादव सिरहाबाट यहाँ आएका हुन् । केही समय अघि मात्रै सहसचिव भएका उनको गृह मन्त्रालयमा पदस्थापन भएको थियो ।