एचआइभी संक्रमण भएकाहरु समाजमा नलुकौ

बारा, ३ मंसिर । बारामा एचआईभी संक्रमितहरुको ठुलो संख्या सम्पर्क बाहीर रहेको बिजामको तथ्यांकले देखाएको छ । लागु औषध दुब्र्यसनी तथा एचआईभी संक्रमणको क्षेत्रमा कामगर्दै आएको संस्था बिद्यार्थी जागरण मञ्ज (बिजाम) ले प्रस्तुत गरेको एक तथ्यांक अनुसार बारा जिल्लामा एचआईभी संक्रमणको अनुमान गरिएका ७८ जना सम्पर्क बाहिर गएको पाईएको हो । सम्पर्क बाहिर गएको एचआईभी संक्रमितलाई आफनो सम्पर्कमा ल्याउन बिजामले मंगलबार सिमरामा गरेको सरोकारवालाहरु बीचको छलफल कार्यक्रममा यस्तो तथ्यांक प्रस्तुत गरेका छन् । बारा जिल्लामा तीन सय ८० जना एचआईभी संक्रमित रहेको अनुमान गरिएको छ । जसमध्ये सम्पर्कमा रहेका तीन सय २ जनाले एन्टीरेट्रोभाईरल औषधी (एआरभी) सेवन गरिरहेका बिजामले जनाएको छ । चिकित्सको सल्लाहमा नियमित खाने औषधीले संक्रमितको शरिरमा रहेका एचआईभीको जिवाणुलाई बढी मात्रामा निस्कृय पार्ने र यो, रोगसँग लड्ने क्षमता रगतमा बनाउने काम गर्ने भएको बिजामका कार्यक्रम संयोजक तपेन्द्र शाहीले जानकारी दिनुभयो । संक्रमितले नियमित रुपमा (एआरभी) औषधी सेवन गर्दा उ बाट अरुमा एचआईभी सर्न नसक्ने शाहीले दावी गर्नुभयो । एचआईभी संक्रमित र (एआरभी) सेवन गर्ने महिलाबाट जन्मिने शिशु समेत एचआईभी नेगेटिभ हुने भन्दै उहाँले सम्पर्क बाहिर रहेकाहरु निसंकोच उपचारको लागि सम्बन्धित क्षेत्र तथा चिकित्सको दायरामा आउन अनुरोध गर्नुभयो ।