रौतहट । आषाढ १५ गते
रौतहट जिल्लाको कटहरिया नपा अन्तर्गत रहेको ज्योति डिष्ट्रीलरि र चिनी मिलले वातावरणमा प्रत्यक्ष असर पारेको भन्दै कटहरिया नपालाइ ध्यानाकर्षण गराएको हो । स्थानिय राजा हुसैन सहितका केहि युवाहरु द्धारा हस्ताक्षरित निवेदन पत्रमा कटहरिया नपा वार्ड नम्बर ९ डुमरिया स्थित रहेको ज्योती डिष्ट्रीलरि र बाबा बैजु सुगर मिल्स प्रालिले जथाभावी प्रदुषित र रसायनिक पानी खुल्ला र नदिमा जथाभावी रुपमा बहाव गर्दा किसानहरुको खेतिपातीमा र जलचर प्राणी तथा वातावरणमा प्रत्यक्ष रुपले प्रतिकुल असर पारेको भन्दै रसायनिक पानी नियन्त्रण गरि उचित व्यवस्थापन गर्न माँग गरिएको छ । यस विषयमा कटहरिया नगर प्रमुख सियाराम कुशवाहा संग प्रतिक्रिया लिन खोज्दा दुषित पानी प्रशोषधन गर्ने मेसिन नलगाउँदा सम्म डिष्ट्रीलरि संचालन गर्न नदिन र संचाल भएको पाइएमा कानुन अनुसार कार्यवाही,यस अघि किसान लाइ दिने भनिएको ८ करोड रकम उपलब्ध गराइ दिनु हुनका लागि सिफारिस सहित पत्र पठाइएको मेयर कुशवाहाले बताए ।