दैनिक १२ वटासम्म सापले टोकेको बिरामी आउदै

बारा, साउन २ गते । गर्मी मौसम सुरु भएसँगै कलैया अस्पतालमा दैनिक ८ देखि १२ वटा बिरामी आउने गरेका छन् । बैशाख महिनादेखि दिनहु सापले टोकेको बिरामी समयमा आएकाले कसैलाई हताहात नभएको कलैया अस्पतालका चिकित्सक डा.रविरोशन गुप्ताले बताए । आज बिहान गोमन सापले टोकेका महिलालाई बचाउन सफल भएको उनले भने । सिम्रौनगढ नगरपालिका वडा नम्बर ९ बसवरिया टोल निवासी अन्दाजी बर्ष २२ की सोनिया देवी माझीलाई गोमन सापले टोकेको गुप्ताले बताए । शुक्रबार बिहान छ बजे घर सफागर्न झाडु लगाउने क्रममा खाटको तल रहेका गोमनले बायाँ हातमा टोकेपछि सासुलाई जानकारी गराउदा घर परिवारले धामी झाक्री कहाँ उपचार गराउन लगेका थिए । रौतहट जिल्लाको बौद्धीमाई नगरपालिका ७ बंकुल टोलमा रहेका झाक्री दोरिक कोईरीले झार, फुकगरी घर र्फिता पठाएपछि केही बेरमै हात काम गर्न छोडेका थिए । सापले टोकेको हातमा चिमोत्दा कुनै असर नगरेपछि तत्काल कलैया अस्पतालको उपचार पछि हात काम गर्न सुरु गरेको घाईते सोनियाले बताए ।