प्रहरीको आश्वासन पछि व्यापारीहरुको आन्दोलन रोकियो

रौतहट । असार ०७ गते
रौतहट स्थित ईलाका प्रहरी कार्यालय बिजयपुरका प्रमुख ईन्स्पेक्टर चन्द्रकिसोर साहले प्रतिबद्धता जनाए पछि आन्दोलन स्थगित भएको छ।
ईन्स्पेक्टर साहको प्रतिबद्धता पछि बन्द बाटो खुला भएको छ । स्थानीय मुकेश साहको एलेक्ट्रोनिक पसलमा गएराती सटर फोडेर चोरी भएपछि ब्यापारीले बजारका सबै पसल बन्द गराई आन्दोलनमा उत्रिएका थिए । ईलाका प्रहरी कार्यालयको मात्र दुईसय मिटर ताढा मावी बिजयपुरको गेटमा रहेको पसल बाट सटर फोडेर गएरती ३ लाख ५० हजार बराबरको सामान चोरी भएको पीडित मुकेश साहले बताए । मावी भवनमा क्वारेन्टाइन रहेको र त्यहाँ प्रहरी नरहेको कारण चोरी भएको ब्यापारीहरुले गुनासो गरेका छन । गएराती चोरिको घटना हुँदा फोन गर्दा मात्र दुईसय मिटर घटना स्थलमा इन्स्पेक्टर साह ४५ मिनेट पछि पुगेको एकजना ब्यापारी श्रीभगवान साहले बताए । केही समय अघि प्रहरी चौकी दुधिअवा छेउ बाट रोटाभेटर सहितको ट्रयाक्टर चोरी भएको थियोे । रोटाभेटर बरामद भएको र ट्रयाक्टर हालसम्म बरामद हुन न सक्नुमा प्रहरीको कमजोरी रहेकोे स्थानीयले गुनासो गरेका छन । उता इन्स्पेक्टर साहले ट्रयाक्टर चोर केहि समय भित्रै पक्राउ हुने र आफू आएदेखी सो क्षेत्रमा अपराधिक घटनामा कमि आएको साहले बताएका छन ।