रौतहटमा क्वारेन्टाईनमा बस्नेको संख्या २ हजार भन्दा कम


रौतहट । आषाढ ०५ गते
भारत बाट आउनेको संख्या कम भएको छ भने रौतहटको बिभिन्न क्वारेन्टाईनमा बस्नेको संख्या २ हजार भन्दा कम भएको छ ।
सुव्रmवार को तुुलनामा सनिवार अपरान्ह सम्म क्वारेन्टाईनमा बस्नेको संख्या २ हजार भन्दा कम भएको छ । भारतमा लामोसमय देखी लगातार लकडाउन गरेको कारण बिभिन्न सहरमा बसेकाहरु आआफना गाँउ फर्किन थालेका छन । कोरोना भाईरसको उच्च संक्रमण देखिएकाले भारत बाट आउनेहरु १४ दिनसम्म अनिवार्य क्वारेन्टाई बस्न जिल्लाको बिभिन्न स्थानमा दस हजार २४४ बेड को क्वारेन्टाईन निर्माण गरीएको छ । सनिवार अपरान्ह सम्म क्वारेन्टाईनमा बस्नेको संख्यामा कम भई एक सय ५७ महिला सहित १ हजार ९ सय १६ पुुगेको सिडिओ बाशुदेव घिमिरेले जानकारी दिएकाछन । क्वारेन्टाईनहरु बाट हालसम्म कुल ९ हजार २ सय ८६ जना संकास्पद बिरामीको उपचार गराई घर फर्किसकेको सिडिओ घिमिरेले बताएका छन ।