इशनाथ नपामा दुइ दिन सार्वजनिक विदा

रौतहट । साउन १६ गते
रौतहटको इशनाथ नगरपालिकाले दुइ दिन सार्वजनिक विदा दिएको हो । आज एक सुचना जारी गरी उक्त नगरपालिकाले स्थानिय विदा दिएको हो । मुस्लीमहरुको महान चाड पर्व इद उल अजहा बकरीद को अवसरमा २०७७ साउन १८ गते विदा दिएको हो । यस्तै हिन्दु समुदायको चाड पर्व जनै पूर्णिमा रक्षा बन्धनको अवसरमा विदा दिएको हो । उक्त दिन सम्पूर्ण कर्मचारीहरु लाइ २ दिनको स्थानिय विदा दिइएको हो । इशनाथ नगरपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत मनिष झा द्धारा हस्ताक्षरित सुचनामा विदा दिइने उल्लेख रहेको छ ।