होलिपर्वको संस्कृति जोगाउन मेयर कुश्वाहा द्वारा बाध्ययंत्र बितरण

रौतहट १ चैत । हिन्दु समुदायले मनाउने लोकपर्व होलिको संस्कृति जोगाउन रौतहट स्थित कटहरिया नगरपालिकाका मेयर सियाराम कुश्वाहाले बाध्ययंत्र बितरण गरेका छन । कटहरिया नगरपालिकाको प्रांगणमा सोमबार एक समारोह का बीच मेयर कुश्वाहाले वडा न.९,डुमरियाका दुई वटा भजन कीर्तन मंडलीलाई १/१ सेट हार्मोनियम,ढोलक,झील, र झाल वितरण गरेका छन । उक्त अवसरमा मेयर कुश्वाहा,प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह,वडा ८ का अध्यक्ष रामाज्ञा यादव लगायतको उपस्थिति रहेकोे थियो । होलिपर्वको अवसरमा गाईने गित तथा संस्कृति जोगाउन यस अघि विभिन्न वडाका ७ वटा भजन किर्तन मंडली लाई एक एकसेट हार्मोनियम,ढोलक,झिल र झाल बितरण गरिएको मेयर कुश्वाहाले बताएका छन । कटहरिया नगरपालिका अन्तर्गत कुनै पनि टोल बाट भजन किर्तन टोलि द्वारा माग भएमा आवश्यकता अनुसार बाध्ययंत्र बितरन गरिने योजना रहेकोे उनको भनाई छ। बिगतमा होलिपर्वको एकमहिना अघिदेखि तराई मधेसको प्रत्येक गाउँ टोलमा मानिसहरु रातिराती एकठाउँमा जम्माभै हार्मोनियम,ढोलक,झाल,झिल बजाएर होलिको गित संगीत गाएर रमाइलो गर्दथे। तर पछिल्लो समय खासगरी तत्कालीन सरकार र बिद्रोही माओवादी बीच चलेको १० बर्षे सशस्त्र द्वन्द्व पछि उक्त चलन हराउँदै गएको छ । तराई मधेसमा पारापुर्वकाल देखि चलिआएको होलिपर्वको चलनलाई जिउँदो राख्न बाध्ययंत्र बितरण अभियान सुरु गरेको कटहरिया नगरपालिकाले जनाएको छ । मेयर सियाराम कुश्वाहाको पहलको सराहना गर्दै कटहरिया जस्तै यहाँका अन्य स्थानीयतहले पनि अभियान चलाएमा होलिपर्वको संस्कृति जोगाउन टेवा पुग्ने जानकारहरुले बिश्वास व्यक्त गरेका छन ।