बिधुत चोर छुट्टाउन हाकिम लाइ पटक पटक फोन गरेर थर्काउदै नेता किरण साह

रौतहट । असार ०५ गते
रौतहट संसदीय निर्वाचन क्षेत्र २ का सांसद प्रत्यासी तथा मधेसबादी नेता किरण साहले बिधुत चोरलाई छुटाउन हाकिमलाई थर्काउने गरेको पाईएको छ । १२ हजारको फेज बाट डाइरेक्ट हुकिंग गरि मिल संचालन गरेको रंगेहाथ पक्राउ परेका बिधुत चोर छुटाउन बिधुतको हाकिमलाई नेता साहले थर्काउने गरेका छन । बौधिमाई नपा ३ स्थित जयमंगल पटेलले हुकिंग गरेर मिल संचालन गरेका थिए । सुराकीको आधारमा नेपाल बिधुत प्राधिकरण मौलापुर शाखा बाट मिटर रिडर राजेश यादव हेर्नजांदा पटेल र उनको घर परिवारका मानिस मिलेर कुटपिट समेत गरेका थिए । भोलिपल्ट प्रहरी सहित प्राधिकरण बाट गएको टोलिले जयमंगल पटेलको मिल बाट थ्रीफेज मोटर लगायतका सामान बरामद गरेको थियो । तर बिधुत चोरिका आरोपी पटेल भने फरार भएका थिए । सोही बिधुत चोरिका आरोपी जयमंगल पटेल माथी मुद्दा न चलाउन सांसद प्रत्यासी तथा मधेसबादी दलका नेता किरण साहले बिधुत प्राधिकरण मौलापुर शाखाका प्रमुख शक्ति साहलाई पटक पटक फोन गरेर थर्काईरहेका छन । पछिल्लो एक सातादेखि किरण साहले आफुलाई फोन गरेर आरोपी पटेल मेरो पार्टीको मान्छे हो त्यसलाई कुनै कार्वाही न गरेर तुरुन्त सफाई दिनुस भनिरहेको शक्ति साहले बताएका छन । यस विषयमा साह संग प्रतिक्रिया लिन खोज्दा वहाँले कार्यालय प्रमुख शाह माथि विभिन्न आरोप लगाउँदै आफु निर्दोष रहेको भन्दै कुरा गर्न बाट पन्छीन खोजेका थिए ।