मेल मिलाप सम्बन्धि अधारभुत तालिम

बारा, ११ पुस । बाराको सदरमुकाम कलैयामा स्थानिय स्तरको विवाद स्थानिय स्तरमै समाधान गरौ भन्ने मुल नाराका साथ मेल मिलाप समबन्धी अधारभुत तालिम सञ्चालनमा आएको छ । एसिया फाउन्डेसनको आर्थिक सहयोग, माण्डवी संस्थाका सहकार्य र कलैया उपमहानरपालिका न्यायिक समितिको आयोजनामा तालिम सञ्चालनमा आएको हो । मनमुटाव, घिचातानी, वादविवादका कारण समाज निर्माणमा भाईचराको सम्बन्ध कायम गर्न उद्देश्यले ७ दिने तालिम सञ्चलनमा आएको छ । कलैया उपमहानगरपालिकाको न्याययिक समिति संयोजक एवम उपप्रमुख रहिमा खातुनको अध्यक्षतामा उद्दघाटन भएको हो । कार्यक्रममा कानुन अधिकृत कमल प्रसाद पोखरेल, माण्डवीका मेलमिलापकर्ता पार्वती भटराई, एसिया फउन्डेसनका प्रतिनिधि नेजमुल्ला अंसारी लगायतकाले मन्तब्य गर्नु भएको थियो ।