दलित परिवारलाई राहत बितरण

बारा, ११ पुस । बाराको महागढीमाई नगरपालिकाले नसकेका अति विपन्न परिवारहरुलाई शुक्रवार राहत सामाग्री वितरण गरेको छ । नगरपालिकाको वडा नम्बर ३ को अति विपन्न र दलित परिवारहरुलाई राहत स्वरुप चामल वितरण गरिएको महागढीमाई नगरपालिका बरियारपुरका नगर प्रमुख उपेन्द्र प्रसाद यादवले बताउनुभयो । उहांले चिसोको समयमा अति विपन्न परिवारहरुलाई खानपिन गर्नमा समस्या भएपछि राहत स्वरुप वडाको ३५ परिवारलाई एक÷एक बोरा चामल वितरण गरिएको नगर प्रमुख यादवले बताउनुभयो । राहत वितरण कार्यक्रममा उपप्रमुख तारादेवी कानु, वडाअध्यक्ष उपेन्द्र जयसवाल, समाजसेवी चन्देश्वर गुप्ता, तेजनारायण यादव लगायतको सहभागिता रहेको थियो । यसैगरी वीरगन्ज महानगरपालिकाको सडक पेटीको छेउ छांउमा रहदै आएकाहरुलाई लायन्स क्लब वीरगन्ज र सेन्ट्रलले न्यानो कपडा वितरण गरेको छ । वीरगन्जको नारायणी अस्पताल, रेल्वे सडक, बसपार्क, घण्टाघर लगायत क्षेत्रको सडकपेटीको छेउ छांउमा रहदै आएका २५ जना असहाय विपन्नहरलाई कम्बल, ज्याकेट, स्विटर, मोफलर, टोपी वितरण गरेको छ । संस्थाका अध्यक्ष विजय गुप्ता, सचिव दिग्म्बर थापा, सुनिल कायस्थ, गजेन्द्र श्रेष्ठ, शम्भु गुप्ता, सुनिल गुप्ता लगायतकाले वितरण गरेका थिए ।