५ दशमलव २ रेक्टर स्केलको भूकम्पको धक्का

हेटौंडा– २०७२ वैशाख १२ गते महाविनाशकारी भूकम्प गएको ठीक चारवर्षपछि टूलो पराकम्प गएको छ । धादिङको नौबिसे केन्द्रबिन्दु भएर ५ दशमलपव २ रेक्टर स्केलको भूकम्पको परकम्प गएको हो ।

बिहान ६ बजेर २९ मिनेटमा नौबिसे केन्द्रबिन्दु भएर ५ दशमलपव २ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । नौबिसेमा परकम्प जाँदा काठमाण्डौसहित आसपासका जिल्लामा धक्का महसुस भएको थियो ।

भोलि वैशाख १२ गते महाविनाशकारी भूकम्प गएको चार वर्ष हुँदैछ । यसबीचमा साना पराकम्प गइरहे पनि पछिल्लो पटकको यो ठूलो पराकम्प हो । भूकम्पको धक्का हेटौंडामा पनि महसुस गरिएको थियो ।