कटहरिया ८ पिप्रा पोखरियामा ढलान कार्य सुरु,वडाध्यक्ष यादवले देखाए सक्रियता

आरके श्रीवास्तव । रौतहट । आषाढ १५ गते
रौतहट जिल्लाको कटहरिया नपा अन्तर्गत वार्ड नम्बर ८ मा विकास निमार्णको काम तिव्र रुपमा भइरहेको छ । नपाको वडा नम्बर ८ पिप्रा पोखरिया टोलमा सडक ढलानको कार्य लाइ सुरु गरिएको हो । वडा नम्बर ८ का वडाध्यक्ष नबद राय यादवको विशेष पहलमा नगर विकास योजना अन्तर्गत ६ लाखको लागतमा सो ढलान कार्य लाइ अगाडि बढाइएको उपभोता समितीका अध्यक्ष रामाकान्त यादवले जानकारी गराए । वडाध्यक्षले नपा बाट वडामा आउने गरेको विकास निमार्णको काम बाहेक आफनो वडाको विकास ,स्तरोउन्ती र समृद्धि का लागि हरसम्भव पहल प्रयास गर्दै आएका हुन् । वडाको पिप्रा टोल स्थित सत्यनारायणको घर देखि इनार सम्म जोडने बाटो ६९ मिटर लम्बाइ, ११ फिट चौडाइ, ८ इन्च मोटाइ ढलान कार्य लाइ हिजो देखि सुरु गरिएको वडाध्यक्ष यादवलले बताए । यस अवसरमा वडाध्यक्ष सहित युवा नेता सुखल यादव,भुनेश्वर यादव,रवि यादव,अजय यादव,राधेश्याम यादव सहितका व्यतीहरुको रोहबरमा सो ढलान कार्य लाइ सुभारम्भ गरिएको थियो ।