क्याप्टेन छान्न सिद्धार्थमा निर्वाचन

हेटौंडा–हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ मा रहेको सिद्धार्थ माध्यमिक ‘ख’ ब्लक (अग्रेजी माध्यममा) विद्यालय क्याप्टेन छनौट तथा अन्तर कक्षा व्यवस्थापनका लागी निर्वाचन भएको
छ ।

विद्यालयको स्टुडेन्ट काउन्सिलका सभापति र उपसाभापति तथा कक्षागत व्यवस्थापनका लागी मोनिटर छान्न निर्वाचन गरेको हो । शुक्रबार भएको निर्वाचनबाट विद्यालयको स्टुडेन्ट काउन्सिलका सभापतिमा कक्षा १० मा अध्यनरत अमर बहादुर शाह निर्वाचित भए ।


यस्तै उपसभापतिमा कक्षा ९ मा अध्ययनरत श्रीपल लम्साल निर्वाचित भएका छन् । निर्वाचनको सम्पूर्ण प्रक्रिया अपनाई निर्वाचन गरिएको निर्वाचन संयोजक संगीता कुमार पुडासैनीले बताइन् । मतदान हरेक नागरिकको हक र अनिवार्य दायित्व भन्ने जानकारी दिन तथा समाजिक शिक्षामा निर्वाचन प्रक्रियाका बारेमा प्रयोगात्मक परीक्षाको कार्यपत्रका लागि निर्वाचन गरिएको मतदान अधिकृत प्रकाश दुलालले बताए ।

निष्पक्ष निर्वाचन प्रक्रियाबाट अन्तर कक्षा व्यवस्थापन साथै स्टुडेन्ट काउन्सिलका सभापति र उपसाभापतिको चयनबाट विद्यार्थीहरुमा उत्साह बढेको र निर्वाचन प्रकृयाका बारेमा सिक्ने अवसर समेत प्राप्त गरेको कार्यक्रम संयोजक गणेश प्रसाद हुमागाईले जानकारी दिए ।
निर्वाचन प्रक्रियामा अंग्रेजी माध्यमका कक्षा ८ देखि १० सम्मका करिब १६० जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।