माननीय प्रभु साहको चुनावी प्रतिबद्धता अनुसार ग्यास सिलिन्डर तथा चुल्हा वितरण

रौतहट । असार २२ गते
रौतहट क्षेत्र न ३ को प्रतिनिधिसभा सदस्य माननीय प्रभु साहको चुनावी प्रतिबद्धता अनुरुप रौतहट क्षेत्र नम्बर ३ लाई धुवाँ चुल्हो मुक्त बनाउने अभियानलाई पूरा गर्न आज मौलापुर नगरपालिकाले बाँकी रहेको सोनरनियाको ५२० घर परिवारलाई ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरिएको छ ।

अब मौलापुर पूर्णरूपमा धुवाँ चुल्हो मुक्त नगर हुनेछ ।उक्त ग्यास तथा चुल्हो बितरन कार्यक्रममा मौलापुर नगरपालिकाकी प्रमुख रीनाकुमारी साह, वडाध्यक्ष , कार्यपालिका सदस्य लगायत जनप्रतिनिधि एवम् नेताहरुको उपस्तिथिमा चुल्हो र ग्यास सिलिन्डर वितरण कार्यक्रम सम्पन्न भएको हो ।