स्थापना दिवसमा आश्रममा सहयोग

हेटौंडा–मोबाइल एशोसिएसन अफ नेपाल मकवानपुरको आठौं स्थापना दिवसको अवसरमा हेर्टौंडा– २ मा रहेको ओम वृद्धाश्रममा नगद सहयोग गरिएको छ ।

आश्रमको भवन निर्माणको लागि सहयोगस्वरुप मोबाइल एशोसिएसनले नगद १० हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको हो । आश्रममा आश्रित वृद्धवृद्धालाई जुससमेत वितरण गरिएको थियो ।
एशोसिएसनका अध्यक्ष एसिस रिजालको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा–१ नम्बर वडा अध्यक्ष सविन न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा आश्रमका अध्यक्ष बुद्धिप्रसाद पौडेल, एशोसिएसनका संस्थापक अध्यक्ष छतेन्द्र आचार्यलगायतकाको सहभागिता रहेको थियो ।