बारामा निषेधाज्ञा, यसअघीका सबै पास रद्ध
बारा, ३१ बैशाख । बारा, पर्सामा कोरोना संत्रमितको संख्या थपिएसँगै जिल्ला प्रशासन कार्यालय बाराले निषेधाज्ञा जारी गरेको छ । मंगलबार कलैयामा बसेको विपद् व्यवस्थान समितिको बैठकले स्थानीय प्रशासन ऐनको दफा ६९३० र संक्रामक रोग नियन्त्रण ऐन २०२० को दफा २ वमोझिम गत बैशाख २५ गते जारी गरिएको निषेधाज्ञालाई अझ प्रभावकारी बनाउने निर्णय गरेको बिज्ञप्ती मार्फत जनाइएको हो । यस्तै पर्सा जिल्लामा कोरोना संक्तमितको संख्या तिब्र रुपमा बढ्दै गएकाले कार्यालय तथा अन्य अत्यावसेक प्रयोजनका लागि दुई जिल्लाबिच दैनिक हुने आवतजावत गर्न अत्यावश्यक स्वास्थ्य सेवा, विद्युत, सञ्चार, खानेपानी, बैंक, खाद्यान्न, दूध, पानी, ग्यास, तेल, तरकारी, औषधी, एम्बुलेन्स, बाहेक अन्य सबै सवारी साधनहरुलाई पूर्ण रुपमा बन्देज लगाउने निर्णय गरेको बारा प्रशासनले जनाएको छ । जिल्ला तथा ईलाका प्रशासन कार्यालयबाट जारी भएका सिकिस्त बिरामी प्रयोजन बाहेकका हस्तलिखित तथा ई–पास समेत बुत्रबारदेखि खारेज गरिएको निर्णय बैठकले गरेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।