ग्यासबाट हुने आगलागी यसरी सजिलै निभाउन सकिन्छ (हेर्नुहोस् भिडियो)

हेटौंडा– ग्यासको प्रयोग गरी खाना पकाउने क्रममा आगलागी हुँदा नेपालमा बर्सेनि ठूलो जनधनको क्षति हुने गर्दछ । ग्यास लिक भएर आगलागी भएपछि नआत्तिई सानो जुक्ति लगाए आगो सजिलै नियन्त्रणमा आउन सक्छ । तर, ग्यासको आगो निभाउने सामान्य ज्ञानसमेत नभएर ठूलो जनधनको क्षति हुने गरेको देखिन्छ ।

गृह मन्त्रालयअन्तर्गको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार नेपालमा गत २०७५ मा २ हजार ३ सय ३४ विभिन्न किसिमका आगलागीका घटना भएका छन् । जसमा ७२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३९ जना पुरुष र ३३ जना महिला रहेका छन् । ३ सय जना घाइते भएका छन् । ३ अर्ब ६४ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ ।

अग्नि सुरक्षा सचेतनाको लागि सरोकार फाउन्डेशन र अतुल्य फाउन्डेशन प्रालिले तयार पारेको एउटा भिडियो डकुमेन्ट्रीले सुरुवाती अवस्थाको ग्यासको आगो नियन्त्रणको उपायबारे सचेत गराएको छ । विशेष गरी गृहिणीहरुले यसबारे सचेत हुनैपर्ने देखिन्छ । जुद्ध बारुण यन्त्रका पूवर्पचिफसमेत रहेका किशोर कुमार भट्टराईले ग्यासबाट हुने आगलागीको सुरुवाती अवस्थामा सजिलै नियन्त्रणमा लिन सक्ने घरेलु उपायको बारेमा भिडियो डकुमेन्ट्रीमार्फत जानकारी गराएका छन् ।

‘नेपालमा आगलागीबाट हरेक वर्ष अर्बौंको क्षति हुन्छ । यसको प्रमुख कारण जनचेतनाको कमी हो , त्यसैले हामीले सार्वजनिक हितको लागि सामाजिक सन्देश बनाएका हौं ।’ अतुल्य फाउन्डेशन प्रालिका अध्यक्ष पल्लव पन्तले भने ।


ग्यासबाट लागेको आगोको सुरुवाती अवस्थामा यसरी निभाउन सकिन्छ । हेर्नुहोस् पूरा भिडियो