जिनाद बाबाको मेला सुरु

आर्दशवाणी संवाददाता । बारा, ९ मंसिर । प्रसौनी गाँउपालिका स्थित बेलहियामा लागने तारकेश्वर नाथ जिनाद बाबाको मेलाको एक कार्यक्रमका बिच नेपाली काँग्रेसका महासमिति सदस्य लुकेश सिहले उदघाट्न गर्नु भएको छ । उदघाट्न पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी समेत रहनुभएको सिहले निसंन्तानहरुलाई संन्तान प्रात्तीका लागि जिनाद बाबाका पुजारी धनलाल ठाकुरले फलदायी काम गर्ने गरेको स्मरण गर्नुभयो । सनईत साहको अध्यक्षतामा सम्म्पन सो उदघाट्न कार्यक्रममा भोजपुरी कबि बिक्रम साह, पुजारी धनलाल ठाकुर, नेताहरु लक्ष्मी यादव, राजेन्द्र साह, केदार साह, बिरेन्द्र साह, बाबुलाल मण्डल र प्रेम कुशवाहा लगायतकाले आफनो बिचार ब्यतm गर्नुभएको थियो । नेपाल र भारतबाट करिब ३० हजार झजनहरु मेला भर्न आएका छन् । २ दिन सम्म चल्ने सो मेलामा सन्तानको सुख प्राप्ती गरेकाहरुले मेलामा अष्ठजाम, लखराव समेत गर्ने गर्दछ ।