मनहरी खोलामा डुबेर बालिकाको मृत्यु

हेटौंडा– मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिकामा साथीहरुसँग खोलामा पौडी खेल्ने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ ।

मनहरी गाउँपालिकास्थित मनहरी खोलामा साथीहरुसँग पौडी खेल्ने क्रममा डुबेर १३ वर्षीय तुलसी मोक्तानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार मनहरी तल्लो शिविर घर भएकी उनको मनहरी खोलामा डुबेर हराएकी थिइन् ।

डुबेको स्थानभन्दा केही तलबाट उनको शव स्थानीयले निकालेका थिए । प्रहरीका अनुसार दिउँसो ३ बजेको समयमा खोलामा डुबेकी उनलाई मृत अवस्थामा करिब आधा घण्टापश्चात् स्थानीयले निकालेका थिए ।