कोरोनाबाट ६३८ को मृत्यु, कहाँ कति संक्रमित ?

बेइजिङ — कोरोना भाइरसका कारण चीनमा बिहीबार मात्रै ७३ जनाको मृत्यु भएको छ । शुक्रबार बिहान चीनको राष्ट्रिय स्वास्थ्य आयोगले दिएको जानकारी अनुसार बिहीबार हुबेईमा मात्रै ६९ जना र अन्य प्रान्तमा ४ जनाको मृत्यु भएको हो ।
इन्डोनेसियाको सोलोमा कोरोना भाइरसबारे सचेतना जगाउन सडक नाटक प्रदर्शन गर्दै विद्यार्थी तस्बिर स् अन्तारा फोटोररोयटर्स
शुक्रबार बिहानसम्म चीनमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६३६ पुगेको छ । त्यस्तै हङकङ र फिलिपिन्समा एक–एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये ६ सय १८ जना हुबेईकै छन् ।
आयोगले संक्रमितको संख्या घट्दै गएको र निको हुनेको संख्या बढ्दै गएको बताएको छ । बिहीबार थप ३ हजार एक सय ४३ जनामा संक्रमण देखिएको छ । बुधबार भने ७३ जनाको मृत्यु र थप ३ हजार ६ सय ९४ जनामा संक्रमण देखिएको थियो । त्यस्तै एक हजार ५ सयभन्दा बढी निको भएको पनि चिनियाँ स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् ।

शुक्रबार बिहानसम्मको तथ्यांकअनुसार विश्वका २८ देशमा कोरोना संक्रमण फैलिएको छ भने ३१ हजारभन्दा बढी यसबाट संक्रमित भएका छन् ।

त्यस्तै शुक्रबार बिहान कोरोना भाइरस संक्रमणको बारेमा चेतावनी दिने डाक्टर ली वेनलियाङको मृत्यु भएको छ । लीको मृत्युपछि चिनियाँ नागरिकले वुहान सरकारप्रति आक्रोश पोखेका छन् ।

कहाँ कति संक्रमित ?
चीन – ६३६ मृत्यु, ३१,१६१ संक्रमित
हङकङ – १ मृत्यु, २४ संक्रमित
फिलिपिन्स – १ मृत्यु, ३ संक्रमित

संक्रमित मात्रै
जापान – ८६
सिंगापुर – ३०
थाइल्याण्ड – २५
दक्षिण कोरिया – २४
ताइवान – १६
अस्ट्रेलिया – १५
मलेसिया – १४
जर्मनी – १३
भियतनाम – १२
अमेरिका – १२
मकाओ – १०
क्यानडा – ७
फ्रान्स – ६
यूएई – ५
फिलिपिन्स – ३
इटाली – ३
भारत – ३
बेलायत – ३
रुस – २
श्रीलंका – १
कम्बोडिया – १
फिनल्याण्ड – १
नेपाल – १
स्विडेन – १
स्पेन – १
बेल्जियम – १

साभारः कान्तिपुर