पत्रकार यादव माथि आक्रमणगर्ने दुई पक्राउ

बारा, बैशाख २९ गते । पत्रकार यादव माथि आक्रमण गर्ने चारमध्ये दुई जना पक्राउ परेका छन् । कान्तिपुर दैनिकका पूर्व बारा जिल्ला रिर्पोटर तथा तराई मधेश राष्ट्रिय दैनिकका प्रकाशक पवन यादव माथि आईतबार राती करिब ९ बजे संघातमिक आक्रमण गरेका चार जना मध्ये दुई जनालाई पक्राउ गरिएको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए । पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका वडा नम्बर–२ बस्ने नारायण सरार्फ र वडा नम्बर–३ बस्ने छोटु मंसुर भनिने ईरफान मंसुरलाई पक्राउगरि कुटपिट मुद्दा अन्र्तगत प्रकृया शुरु गरिएको प्रहरी नायब उपरीक्षक मिश्रले जानकारी दिए । काम सकेर कलैया उपमहानगरपालिका वडा नम्बर–१६ उतर झिटकैया स्थित घर जाने क्रममा हनुमान मन्दिर अगाडी बाटो छेकेर पहिलादेखी रहेका समूहले यादव चढेको मोटरसाईकल रोकी अचानक आक्रमण गरेको पीडित यादवले बताए । लुटेराहरुको समुहले आक्रमण गर्दा निधारमा घाउँ लाग्नुको साथै शरिरभरि निलडामको चिन्ह देखिएको तथा समाचार संकलनगर्न राखेको लपटप, केमरा र मोटरसाईकलमा क्षती पुगेको छ । जिल्लामा शान्ति सुरक्षाको अवस्था बुझ्न प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंह पहिलो पटक बारा–पर्सामा आएको दिन वीरगंजका पत्रकार तिवारी यादवमाथि प्रहरीबाटै कुटपिट र दुव्र्यहार भएको छ ।