प्रेस चौतारीको २५ औं स्थापना दिवसको अवसरमा रौतहटमा बिरामी लाई फलफूल बितरण तथा चियापान कार्यक्रम

रौतहट २२ माघ।
रौतहट । प्रेस चौतारी नेपालको २५ औ स्थापना दिवसका अवसरमा रौतहटमा विभिन्न कार्यक्रमको आयोजना गरि मनाईएको छ। प्रेस चौतारी आबद्ध पत्रकार द्वारा बिरामी लाई फलफूल बितरण तथा चियापान कार्यक्रमको आयोजना गरि स्थापना दिवस मनाईएको हो।समृद्धिको लागि संचारकर्म प्रेस चौतारिको मुल मर्म भन्ने मुलनाराका साथ रौतहटको चन्द्रनिगाहपुर स्थित प्राथमिक स्वास्थ केन्द्रमा बिरामीहरुलाई फलफूल बितरण गरि प्रेस चौतारिको स्थापना दिवस मनाईएको हो। फलफूल बितरण कार्यक्रममा प्रेस चौतारीका केन्द्रिय सदस्य संजय मिश्रा,मधेस प्रदेश ईन्चार्ज फणि महत,जिल्ला अध्यक्ष उतम कुमार उपाध्याय,नेकपा एमालेका जिल्ला सचीव बालबिक्रम कार्की ,चौतारी जिल्ला सचिव मुकेश साह,पत्रकार कृष्ण तिवारी ,रामानन्द साह लगायत,अस्पतालका चिकित्सक सिद्विकी सिंह लगायतको सहभागिता रहेको थियो । त्यसैगरी प्रेस चौतारी रौतहटको आयोजनामा चन्द्रनिगाहपुर स्थित सगुन बेकरिमा चियापान कार्यक्रम समेत भएको थियो । सो अवसरमा संगठन बिस्तार ,संगठन सुदृढीकरण ,श्रमजीवी पत्रकारहरुको हकहितमा बुलन्द आवाज उठाउने निर्णय गरिएको थियो।