निजगढ नगरपालिकाको पाचौ नगर सभा सम्पन्न

बारा, जेठ १९ गते । निजगढ नगरपालिकाले आज पाचौ नगरसभा सम्पन्न गरेका छन् । स्थानीय सरकार सञ्चालनकालागि आवश्यकपर्ने चार वटा विधेयक पारित गरेको जनाएको हो । निजगढ नगर प्रमुख सुरेश कुमार खनालको सभापतित्वमा सम्पन्न नगरसभाले निजगढ नगरपालिकामा सहकारी विधेयक २०७६, शिक्षा विधेयक २०७६, स्वास्थ्य विधेयक २०७६ र कृषि प्रवर्धन विधेयक २०७६ पारित गरेका छन् । आजको सम्पन्न सभामा सहरी व्यवस्थापनका लागि आवश्यक पर्ने कानुन तर्जुमा अधिवेशन केन्द्रीत भएको नगरप्रमसख खनालले बताउनुभयो । यस्तै सभाले आर्थिक वर्ष २०७६÷०७७ को योजनाहरु संशोधन समेत भएको छ ।