गढिमाई नपाको मावि धर्मपुर पकहामा बैग तथा स्टेशनरी सामान वितरण

रौतहट । भदौ २६ गते
रौतहटको गढीमाई नगरपालिका ६ धर्मपुर को माध्यमिक विद्यालय मा आज हजारौं विद्यार्थीहरुलाई स्टेसनरी सामग्री र ब्याग वितरण गरिएको छ ।
गढिमाई नगरपालिकाको सहयोग र सेवा तथा मित्रता केन्द्र नेपालको सहकार्यमा शिक्षा नै समृद्धिको मुल आधार हो भन्ने नाराका साथ माध्यमिक विद्यालय धर्मपुर पकहामा अध्ययनरत १ हजार भन्दा बढी छात्र छात्राहरुलाई उक्त स्टेशनरी सामग्रि र बैग वितरण गरिएको छ ।
आज एक कार्यक्रमका बिच मेयर श्याम प्रसाद यादवले विद्यार्थीहरुलाई उक्त सामग्री वितरण गरेका छन ।
मेयर यादवले विद्यालयमा कक्षा १ देखी १० सम्म अध्ययनरत १ हजार १ सय ५५ जना छात्र छात्राहरुलाई उक्त सामग्रि हस्तान्त्रण गरेका हुन ।
प्रति विद्यार्थीलाई १२, १२ वटा कपी, कलम, एउटा औजार बक्स र एउटा बैग हस्तान्त्रण गरिएको मेयर श्याम यादवले बताए ।
विद्यालय प्रति बाल बालिकाहरुलाई आकर्षित गर्ने र बढी भन्दा बढी विद्यार्थीहरुलाई विद्यालयमा उपस्थित गराउने उदेश्यले उक्त सामग्रि वितरण गरेको उनले बताए ।
मेयर यादवले यस अघि पनि नगरका विभिन्न विद्यालयहरुमा छात्र छात्राहरुलाई स्टेश्नरी सामग्रि वितरण गरिसकेका छन ।
आफना नगरका सम्पुर्ण सामुदायीक विद्यालयमा उक्त स्टेश्नरी सामग्रि वितरण गर्ने लक्ष्य राखेको मेयर यादवले स्पष्ट पारेका हुन ।