रौतहटको गरुडामा शनिबार सम्पन्न मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार

रौतहट, २० जेठ ।रौतहटको गरुडामा शनिबार मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार बितरण कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पोख्रेलले बिशुद पत्रकारिता स्थापनाको लागि महासङले चालेको यो अभियान सफल भएमा असल पत्रकारहरुको हकहितमा सबैभन्दा राम्रो हुने उहाँले भन्नुभएको हो ।मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार २०८० बाट राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झालाई प्रदान गर्दै उहाँले भन्नुभयो, (पुरस्कारको राशि भने, २५ हजार रहेको छ) । यो अभियान सफल पार्न एक्लै केन्द्रले नभई ७७ जिल्लाको सहयोग पछि त्यहाबाट आएको राय–सल्लाह अनुसार सकृय पत्रकारहरुको लागि मात्र सिफारिस गरिने उहाँले भन्नुभयो ।शुद्धिकरण भनेको, पत्रकारको सँख्या बढाउने वा घटाउने कार्य र अंक गणितिय हिसाब यो नभई, कृयाशिल सदस्य पत्रकारहरुको संस्था रहेको हो, भने प्रमाण देखाउन शुद्धिकरण अभियान अहिलेको आवश्यकता रहेको बताउनुभयो । पत्रकारिता नगर्ने, महासँघको खाली सदस्य बनेर कार्ड देखाउने दिन अब, समाप्त भएको उहाँले भन्नुभयो ।बिगतका दिनदेखि पत्रकारितामा सहयोग गर्दै आएका त्यस्ता पत्रकारहरुलाई कारवाही गरेको कुरा नभई उनीहरुलाई मनार्थसहितको मानपदवी प्रदान गर्न यो अभियान जारी गरिएको पोख्रेलले जानकारी दिनुभयो ।यसैगरी शुद्धिकरण अभियान सफल पार्नको लागि सबैको सहयोग आवश्यकता रहेको राष्ट्रिय समाचार समितिको अध्यक्ष धर्मेन्द्र झाले बताउनु भएको छ । उहाँले भन्नुभयो, आफु महासँघको सदस्य रहेर महासँघको लागि के के कार्य गर्दै आई रहेको र पछि नरहेमा के के कार्यमा फरक पर्न सक्ने आप्mनै मनमा विचार पु¥याउन सहभागि सबैमा आग्रह गर्नु भएको छ ।मुलुक हकहितको लागि संविधानबाट बनाएको सयौंको बुन्दाको दस्तावेज कार्यवन्यनमा आलोपालो आउने तर, पत्रकार हकहितको लागि सरकार गम्भिर नहुने कुरामा ठूलो रहस्य रहेको उहाँले भन्नुभयो ।पत्रकार शुद्धिकरण अभियान अहिलेको नभई मेरो पालामा चलाइएको अभियान नै रहेको भन्नुभयो, अहिले केही बुन्दा थपिएको छ, उहाँले भन्नुभयो । अहिले देखिएको पत्रकारिता क्षेत्रको बृक्रितीमा भने, ७७ वटा जिल्लामा मैले दिएको तालिम कतै हवाको तालमा नै रहेको जस्तो महशुस भएको स्मरण हुँदै आएको बताउनु भयो ।यसैगरी पत्रकार हकहितको लागि न्युनतम परिश्रमिक निर्धारण समितिको भूमिका अपरिहार्य रहेको निर्धारण समितिका अध्यक्ष संगिता खड्काले बताउनु भयो ।ठुला मिडिया तथा साना मिडिया र स्वरोजगार मिडियाहरुको अगल–अलग फाईल निर्माणगरी सो बिधेयक पारितका लागि सरकार समक्ष आफुहरुको टोली लागि परेको उहाँले जानकारी दिनुभयो ।बिगतका दिनदेखि समितिले जारी गरेको निति नियम पाल्नाको लागि सरकार तथा मिडिया सञ्चालकहरुले आ–आप्mना पीडाहरु राख्दै आएपनि उनीहरुको राय अनुसार करिब साढे ४ वर्षको प्रतिबेदन न्युनतम परिश्रमिक निर्धारण समितिले बुझाएको छ, केही बुन्दा कार्यान्वयन आएपनि केही प्रकृयामा रहेको उहाँले भन्नुभयो ।यसैगरी मुलुकमा १४,१५ करोडको बिज्ञापन आइ रहेको तथा ठुलो मिडियाहरु कसरी घाटामा रहेकोे छ, सो अनुपातमा प्रदेशहरुमा रहेको मिडियालाई बिज्ञापन नदिने अनि कानमा तेल हालेर न्युनतम पारिश्रमिक समिति बसेको नेपाल पत्रकार महासङ मधेस प्रदेशका अध्यक्ष राजेश कर्णले आरोप लगाउनु भयो ।लुम्बिनीमा बनाइएको पत्रकार सुदिकरण मापदण्ड पाल्ना गर्नुको साटो पत्रकार कटौती गरिने दुईधारे कार्य नगरी नक्कली पत्रकारलाई वा अन्य पेशामा लागेको पत्रकारलाई बिदाइ गरिनु कार्यमा सबैको सहयोग आवश्यक रहेकोे बताउनुभयो ।यसैगरी रौतहटको पत्रकारीता पेशा अझ मर्यादित बनाउन स्वर्गीय मनोज चौधरीले पुर्याउनु भएको योग्यदान र उहाँको परिवारलाइ नबिषर्न हुने कुरामा महासङका केन्द्रिय सदस्य केसी लामिछानेले जोड दिनुभयो ।यसैगरी अन्य पेशामा लागेकाहरु पत्रकारको खोल ओढेर असल पत्रकारलाई बदनाम गराउदै आएकाले केन्द्रले खेलेको सुदृढीकरण अभियान सराहनिय कार्य भएको नेपाल पत्रकार महासङ मधेस प्रदेशका महासचिव श्याम बन्जाराले बताउनु भयो ।यसैगरी पत्रकार मनोज चौधरीको निधनले गरुडा नगरपालिकामा ठुलो अपुरणिय क्षति भएको नगरपालिकाका नगर प्रमुख कण्ठमणि प्रसाद कलवारले बताउनुभयो । उहासङै यो नगरपालिकामा दुई जना पत्रकारको विभिन्न रोगले निधन भएको तथा आँखा, योजना निर्माण गर्ने ब्यति भएकाले यो, नगरमा धेरैधेरै क्षति भएको भन्नुभयो । उहाहरुको परिवारलाई सक्दो सहयोग पालिकाले गर्ने उदघोष गर्नुभयो ।कार्यक्रममा राससका बोर्ड सदस्य कृष्ण अधिकारी, सम्पादक सितल महतो, न्युनतम परिश्रमिक निर्धारण समितिका सदस्य रामहरी कार्की, पत्रकार महासङ रौतहटका अध्यक्ष प्रेमचन्द्र झा, प्रेस चौतारीको अध्यक्ष उत्तम कुमार उपाध्याय लगायतका सहभागी रहेको थियो ।महासँघका केन्द्रिय सदस्य शिव पुरीले पत्रकार मनोज चौधरीको जिवनीको बारेमा प्रकाश पार्नुको साथै अतिथिहरुलाइ गम्छा ओधाइ स्वागत गर्नु भएको थियो ।गतवर्ष २०७९ को प्रथम पुरस्कारबाट गोरखापत्र संस्थानका नायब कार्यकारी सम्पादक एवम् नेपाल पत्रकार महासंघ रौतहट शाखाका प्रथम (पूर्व) अध्यक्ष कुमार विवेकानन्द मिश्रालाई प्रदान गरिएको थियो ।रौतहटबाट प्रशारण हुने रेडियो मधेश मसलाका स्टेशन मैनेजर एवम् जनकपुर टुडेका रौतहट समाचारदाताको रुपमा काम गर्दै आएका पत्रकार मनोज चौधरीको ०७८ बैशाख २९ गते ४१ वर्षको उमेरमा कोरोना संक्रमणबाट ज्यान गुमाउनु भएको थियो । गरुडा नगरपालिका ४ बस्ने चौधरीको एक छोरा र एक छोरी रहेको छ, भने उहाँकी श्रीमति पुनम कुमारी चौधरी सोही पालिकामा उप–मेयर पदमा निर्वाचित रहेकी छिन् ।