सरकारी संचारमाध्यमका पत्रकारहरुको तालिम अन्तर्गत राससका संचारकर्मीहरुको दुई दिने अभिमुखीकरण कार्यक्रम सन्चालन गरिएको छ ।
राससका पत्रकारलाई आफ्नो दायित्व र कर्तब्यको ज्ञान दिने उद्देश्यले आमसंचार प्राधिकरणको सहयोगमा राससद्धारा आज मंगलबार विरगंजमा दुई दिने अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमको उदघाटन प्रमुख अतिथी मधेश प्रदेश सरकारका वन,उद्योग तथा वातावरण मन्त्री रमेश प्रसाद कुर्मी पटेल तथा विशिष्ठ अतिथी राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले संयुक्त रुपमा गर्नुभयो ।
कार्यक्रममा संवोधन गर्दै अकोरावका पुर्व महासचिव गोविन्द देवकोटाले न्युज एजेन्सी समावेशी हुनुपर्ने धारणा ब्यक्त गर्नुभयो । कार्यक्रमलाई संवोधन गर्दे नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य केसी लामिछानेले राससले आफ्नो शुल्क घटाउने र ग्राहक बढाउनेतर्फ ध्यान दिन जरुरी रहेको बताउनुभयो । आमसंचार प्राधिकरणले पत्रकारहरुको क्षमता अभिबृद्धि गर्ने कार्यमा गरेको लगानी सराहनिय कार्य भएको उहाँले टिप्पणी गर्नुभयो ।
कार्यक्रममा राससमा अनवरतररुपमा कार्यरत मधेश प्रदेश कार्यालय सहयोगी सुर्य प्रसाद बराल,कलमजीवि सत्यप्रसाद श्रेष्ठलगाएतलाई सम्मानित गरिएको छ । कार्यक्रममा वन तथा वातावरण मन्त्रि रमेश प्रसाद कुर्मीलाई राससका अध्यक्ष धर्मेन्द्र झाले मायाँको चिनो प्रदान गर्नुभयो । मुख्यमन्त्री कार्यालयका प्रेस सल्लहाकार सिताराम अग्रहरीले समाजमा राससको महत्व र आवश्यकता रहेको चर्चा गर्नुभयो । उहाँले राससले विविसी झैं भाषिकरुपमा धेरै र्भेन्दा धेरै अझ आफ्ना सामग्री पस्कनुपर्नेम जोड दिनुभयो । कार्यक्रममा गृह तथा संचार मन्त्रालयका सचिव ढकालले राससका समाचारहरु आधिकारिक रहने गरेकोे र समाचारलाई यथार्तमा ल्याउने माध्यम रहेको बताउनुभयो । पत्रकारिता विकासमा मधेश प्रदेश सरकारले ध्यान दिंदै आएको जनाउनुभयो । राससका धर्मेन्द्र झाले राससलाई अन्तराष्ट्रिय स्तरको समाचार एजेन्सी बनाउने र डिजिटल प्रविधिमा राससले आफ्नो ध्यान दिईरहेको बताउनुभयो । रासस देशको जिम्मेवार संस्था भएको चर्चा गर्दै समाज परिवर्तन गर्न राससका सवै टिम लाग्नुपर्ने बताउनुभयो । रासस देशको, राज्यको र जनताको माध्यम भएकाले हाम्रो मुल काम भनेको नेपालका मिडियालाई सवल बनाउने र जनहितमा काम गर्ने औजार रहेको उहाँको कथन थियो । लोकतन्त्र शशक्त बनाउन मिडियालाई सवल बनाउनु पर्ने र त्यसका लागि राससका समाचारहरु जनतामा आधारित रहनुपर्नेमा उहाँको जोड थियो । रासस भनेको मिडियाको पनि मिडिया भएको भन्दै उहाँले राससले आफ्नो सेवा २४ घन्टा प्रवाह गरिरहेको र देशको मुहार फेर्न सवैको साथ र सहयोगको खाँचो रहेको बताउनुभयो । आम संचार प्राधिकरणले पत्रकार र संचारमाध्यमलाई गरेको लगानीप्रति धन्यवाद ब्यक्त गर्दै आउने दिनमा प्राधिकरणले अझ बढि सहयोग गरोस भन्ने धारणा ब्यक्त गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथि बन तथा वातावरण मन्त्रि रमेश प्रसाद कुर्मी पटेलले मधेश प्रदेशमा भाषालाई विकास गर्न बुलेटिन वनाउन सरकारको ध्यान जान नसकेको बताउनुभयो । राज्य र जनतालाई पुलको काम गर्न राससले ध्यान दिन जरुरी रहेको जनाउनुभयो । मधेश प्रदेशमा बोलिने सवै भाषालाई जनसमक्ष ल्याउन २५ लाख रुपैयाँ प्रदान गर्ने उहाँले घोषणा गर्नुभयो ।