निर्वाचन अधिकृतको कारण कार्यपालिकाको उम्मेद्बारी बाट बन्चित

रौतहट १६ जेठ ।रौतहटको कटहरिया नगरपालिकामा निर्वाचन अधिकृतको बदमासीको कारण कैयौं मानिस कार्यपालिकाको उम्मेद्बारी दिन बाट बन्चित भएको छ ।निर्वाचन अधिकृत रामचन्द्र प्रसाद लुइँटेल कांग्रेस पक्षको प्रभावमा परेको कारण एमाले समर्थित ४ जना मानिस कार्यपालिकाको उम्मेद्बारी बाट बन्चित भएको आरोप लागेको हो ।कार्यपालिकाको निर्वाचनमा उम्मेद्बारी दिन कटहरिया ५  का एमाले समर्थित राजनारायण साह,८ का हेमकुमार साह र ३ जना महिलागरि ५ जनाको जाती प्रमाणित गराई नगदी रसिद समेत काटेर आइतबार दिउँसो साढे ३ बजे निर्वाचन अधिकृत लुइँटेलको टेबुलमा राखेको वडा ४ का अध्यक्ष चन्दन कुश्वाहाले बताएका छन ।सिफारिस भएका मध्ये हेमकुमार साहको उम्मेद्बारी दर्ता गरेपछि निर्वाचन अधिकृत रामचन्द्र लुइँटेल कांग्रेस तर्फका मानिसको उम्मेद्बारी दर्तागर्नमा ब्यस्त भए।कांग्रेस तर्फका जम्मा ८ जनाको प्रक्रिया पुर्याएर दर्ता गर्दागर्दै साढे ५ बजेको थियो । सो पछि हाम्रो पालो आउँदा कांग्रेसका नेताहरूले समय समाप्त भयो उम्मेद्बारी दर्ता त ५ बजेसम्म मात्र गर्ने भने अनुसार दर्ता नगर्नुस भनेर निर्वाचन अधिकृत लुइँटेल माथी दवाब दिएको कारण एमाले समर्थित ४ जना उम्मेद्बारी बाट बन्चित भएको वडा अध्यक्ष कुश्वाहाले गुनासो गरेका छन ।जातजाति प्रमाणितभै राजस्व समेत तिरेर समय भित्रै अधिकृतको टेबुलमा राखिएको कागजातको आधारमा ढिलोसम्म भएपनी उम्मेद्बारी दर्ता हुनुपर्ने अर्का एमाले नेता बिनोद कुमार साहको भनाई छ ।तर गत ३० गते भएको स्थानीय निर्वाचन देखिनै निर्वाचन अधिकृत रामचन्द्र प्रसाद लुइँटेल कांग्रेसको प्रभावमा परेको कारण आइतबार एमाले समर्थित ४ जनालाई कार्यपालिकाको उम्मेद्बारी बाट बन्चित गराएको नेता बिनोद साहले दाबी गरेका छन ।उता निर्वाचन अधिकृत लुइँटेलले  निर्धारण गरिएको समय सांझ ५ बजेभित्र आएको हेमकुमार साहको उम्मेद्बारी दर्ता भएको तथा अन्य ४ जना निर्धारित समय पछि आएकाले दर्ता हुन नसकेको प्रतिक्रिया दिएका छन ।निर्वाचन अधिकृतको मोबाईल नम्बर ९८५१२२९३२६ हो।