नेपाली र भारु नक्कली नोट सहित भारतीय नागरिक पक्राउ

अगम कुमार उपाध्याय
रौतहटको सीमावर्ती क्षेत्र बंकुल चौकबाट नेपाली र भारतीय नक्कली नोटसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन ।
सशस्त्र प्रहरी बोर्डर आउटपोष्ट सरमुजवाबाट सई जयराम सिहँको कमान्डमा गएको टोलीले बंकुल चौकबाट भारत गोरखपुर निवासी २३ वर्षीय सन्जय सक्सेनालाई नक्कली नोट सहित पक्राउ गरेको हो।
सक्सेनाको साथबाट नेपाली एकहजार दरको ५० थान, भारु २ हजार दरको २३ थान र भारु ५ सय दरको १० थान नक्कली नोट बरामद भएको सशस्त्र प्रहरी मधेस प्रदेश प्रमुख तथा छिनमस्ता बाहिनी बर्दिबासका प्रमुख डिआईजी गणेश ठाडा मगरले बताउनु भयो ।
नेपाली र भारु नक्कली नोटसहित एकजना भारतीय नागरिक रौतहट आएको सुराकीको आधारमा सक्सेनालाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ।