रौतहट भादाे ६ गते
रौतहट जिल्लाकाे उतरी भेगमा अवस्थित फतुवा बिजयपुर नगरपालिकामा ग्यास सिलिण्डर तथा चुल्हाे वितरण गरिएको छ। प्रतिनिधिसभाका सदस्य माननीय पुर्व मन्त्री प्रभु साहको चुनावी प्रतिबद्धता अनुरुप रौतहट क्षेत्र नम्बर ३ लाई धुवाँ चुल्हो मुक्त बनाउने अभियानलाई पूरा गर्न आज वितरण गरिएको हाे। फतुवा बिजयपुर नगरपालिकाकि उपप्रमुख कान्ति देवी महतोको अग्रसरतामा सन्तपुरमा बाँकी रहेका २२५ घर परिवारलाई उक्त ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरिएको छ । अब बिजयपुरलाई पनि पूर्णरूपमा धुवाँ चुल्हो मुक्त नगर हुनेछ । नेकपाको प्रदेश कमिटी सदस्य त्रिभूवन साह, उपमेयर कान्ति महतो, मेयर प्रत्याशी बुधाई खाँ , वडा ध्यक्षहरू संजय साह , ब्रह्मा नरायण यादव एवं युवा नेता सुरेन्द्र यादव , संजय यादव, लूटन यादव र कार्यपालिका सदस्य लगायत जनप्रतिनिधि तथा नेताहरुको उपस्तिथिमा चुल्हो र ग्यास सिलिन्डर वितरण गरिएको सान्सदका स्वकीय सचिव बिजय यादव निर्विजले जानकारी दिनुभयो ।