हेटौंडामा ठूलो परिमाणमा लागूऔषध नष्ट

हेटौंडा प्रहरीले बिहीबार ठूलो परिमाणमा विभिन्न प्रकारका अवै लागूऔषध नष्ट गरेको छ । विभिनन समयमा बरामद गरिएका गाँजा, चरेश, अफिमलगायत लागूपदार्थ एकसाथ नष्ट गरेको हो । २०७५ फागुन ८ गतेदेखि २०७६ बैशाख १ गतेसम्म बरामद गरिएका लागूऔषध अदालतकोसमेत अनुमतिमा नष्ट गरिएको हो ।

प्रहरीले गाँजा ६७८ केजी १२१ ग्राम, चरेश २७३ केजी, अफिम ७०० ग्राम नष्ट गरेको जनाएको छ । हेटौडा उपमहानगर पालिका १ र भीमफेदी गाउँपालिकाको वडा नम्बर–१ को सिमानामा पर्ने किसेडीमा उक्त परिमाणको लागूऔषध नष्ट गरिएको हो । फेनार्गन २९ एप्पूल, व्यूप्रोनोर्फिन २९ एम्पूल, डाईजेपाम २९ एम्पूल नाईट्रोभेट ५४७ ट्याब्लेट नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंह, जिल्ला प्रशासन कार्यालय मकवानपुका सहदेव आचार्य भीमफादी गाउँपालिका वडा नम्बर–१ अध्यक्ष श्यामकुमार बल, हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१ का अध्यक्ष सविन न्यौपाने, सामुदायिक केन्द्र मकवानपुररकी रमिला सापकोटालगायतको रोहबरमा लागूऔष नष्ट गरिएको थियो ।

मकवानपुरमा वैशाख १ यता बरामद भएका ४४० केजी लागूऔषध नष्ट गर्न बाँकी नै रहेको र त्यसलाई पनि अनुमति लिएर नष्ट गरिने प्रहरीले जनाएको छ । मकवानपुरलाई लागूऔषध कारोबारको ट्रान्जिट प्वाइन्टको रुपमा रहेको छ । मकवानपुर हुँदै लागूऔषध गाँजा चरेश भारत निकासी हुने गरेको छ ।