मधानी महायज्ञ मौलापुरको उपप्रधानमन्त्री पोखरेलले उदघाटन गर्ने केही मिडियाले बदनाम गर्यो

अगम कुमर उपाध्याय
रौतहट,फागुन २२ गते ।
रौतहटको मौलापुर नगरपालिकामा आयोजना हुनलागेको मधानी महायज्ञको लागी मुुआब्जा दिएर आवश्यक जग्गा लिँदा पनी केही मिडियाले भ्रामक समाचार लेखेर बदनाम गर्न खाजेको आरोप लगाएको छ। यसपटकको मधानी महायज्ञको तयारीको क्रममा स्थानिय संग सल्लाह गरी आवश्यक पर्ने २५ कठा जग्गा मुुआब्जा दिएर लिएको भएपनी केही मिडियाले सहरी विकास मन्त्री प्रभुु साहलाई पुर्वाग्रहीरुपमा बदनाम गर्न खाजेको मौलापुर नगरपालिकाले शनिवार पत्रकार सम्मेलन गरी बताएको छ ।
प्रतिकठा गहुँ २५ सय,प्याज ३हजार र मुसुरो बापत नगरपालिकाले प्रतिकठा १५ सय रुपैया मुुआब्जा दिएको मेयर रिनाकुमारी साहले बताउनुु भयो ।
तर केही मिडियाले सहरी विकास मन्त्री प्रभुु साहको नाम जाडेर जबर्जस्ती किसानको बाली नष्ट गराएको भनी बदनाम गर्नखाजेको प्रति मेयर साहले आपती प्रकट गर्नुु भयो ।
विकास बिरोधी प्रतिकृयाबादीहरुको दुुस्प्रयास र षडयन्त्रलाई स्थानियको त्याग,समर्पन,उत्साहपुर्ण एकता र सकृय सहभागिताले निस्तेज पारेको आयोजक मौलापुरले जारीगरेको प्रेस बिज्ञप्तीमा लेखिएको छ।
पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मौलापुर नगरपालिकाले आयोजना गरेको मधानी महायज्ञको उपप्रधानमन्त्री ईश्वर पोखरेलले उदघाटन गर्ने कार्यक्रम तय गरीएको छ । अगामी फागुन २७ गते पर्ने महाशिवरात्री पर्वको अवसरमा उपप्रधानमन्त्री पोखरेलले मधानी महायज्ञको उदघाटन गर्नुु हुने आयोजकले पत्रकार सम्मेलनमा जनाएको छ ।
मौलापुर नगरपालिका ५ पतौरा स्थित पुरातात्विक महादेव मन्दिरमा महा शिवरात्री पर्वको अवसरमा हुन लागेको मधानी महायज्ञको भब्यतयारी भएको र प्रमुख अतिथिको रुपमा आउने उपप्रधानमन्त्री पाखरेलले उदघाटन गर्ने योजना रहेको नगरप्रमुख रिनाकुमारी साहले बताउनुु भयो ।
ऐतिहासिक,धार्मिक तथा सांस्कृतिक महत्व झल्किने किसिमले आयोजना हुने उक्त मेलाको अवसरमा पुरातात्त्विक महादेव मन्दिरमा विशेष विधिहरुबाट भगवान शिवको पुजा अनुष्ठान गरिने मेयर साहले जानकारी दिनुु भयो ।
तराई मधेश ऐतिहाँसिक,धार्मिक,तथा सांस्कृतिक पर्यटनको एक उदगम स्थलको रुपमा रहेको मौलापुर नगरपालिकाले जारीगरेको बिज्ञप्तीमा उलेख रहेको छ ।मौलापुर नगरपालिका स्थित पतौरा पुरातात्विक महादेव मन्दिर पनी त्यसैसंग जोडिएको एक विशेष महत्वपुर्ण सम्पदा हो।
नेपाल सरकारको पर्यटकिय गणतब्य मध्ये एक महत्वपुर्ण गणतब्य रहेको जारी बिज्ञप्तीमा उलेख छ ।
पर्यटकिय सम्भब्यताले भरीपुर्ण उक्त मन्दिरको राष्ट्यि तथा अन्तर्राष्ट्यि स्तरमा ब्यापक प्रचारप्रसार गर्न पर्यटनबर्ष सन २०२० लाई सहयोग पुुग्नेगरी गतबर्ष राष्ट्पती बिधादेवी भण्डारी द्धारा उदघाटन भएको थियो । गतबर्षकै निरन्तरता स्वरुप यसबर्ष पनी मधानी महायज्ञको बिशेष समारोहको आयोजना गरीएको मौलापुरका निमित प्रमुख प्रशासकिय अधिकृत रामबाबुु साहले पत्रकार सम्मेलनमा जानकारी दिनुु भयो ।
फागुन २६गते राती ८ बजे भारत बृन्दाबनको रासलिला,शिवलिला एक हप्तासम्म,२७ गते बिहान १० बजे मधानी महायज्ञको बिशेष उदघाटनको कार्यक्रम रहेको छ ।
२७ गते दिउसो १२ बजे नेपाली तथा भारतिय कलाकारद्धारा सांस्कृतिक कार्यक्रम, २८गते बिहान १० बजे नेपाली तथा भारतिय प्रख्यात पहलवानद्धारा कुुस्ती प्रतियोगिता, २८ गते देखी अगामी चैत्र ३ गतेसम्म प्रत्येक राती भारत मथुराको कलाकारद्धारा रासलिला
पदर्सन हुने कार्यक्रम रहेको आयोजक मौलापुर नगरपालिकाले जनाएको छ ।