हेटौंडा–१४ मा रक्तदान, ३१ जनाले दिए रगत

हेटौंडा–नेपाल रेडक्रस सोसाइटी चुरियामाई हेटौंडा– १४ उपशाखाको आयोजनामा शनिबार रक्तदान कार्यक्रमको आयोजना भएको छ ।

कार्यक्रममा ३१ जनाले रक्तदान गरेका थिए । शाखा सभापति मोहन सिं मोक्तानको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी मकवानपुरका सभापति सूर्यचन्द्र न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा हेटौंडा–१४ का अध्यक्ष दीपक खड्का लागायतको उपस्थिति रहेको थियो । उपशाखा सचिव विशाल अधिकारीले कार्यक्रममा सहजीकरण गरेका थिए ।