नेकपा परित्याग गरी काँग्रेसमा

हेटौंडा–मकवानपुरको बागमती गाउँपालिका–८ का करिब २० जना नेकपाका नेता कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली काँग्रेसको शनिबार भएको ८ नम्बर वडा भेलाको अवसरमा उनीहरु काँग्रेस प्रवेश गरेका हुन् । उनीहरुलाई नेपाली काँग्रेसका जिल्ला सदस्य चोकबहादुर ठाडालगायतले पार्टीमा स्वागत गरेका थिए ।

पार्टी वडा सभापति सूर्यमान थोकरको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सदस्य ठाडाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा पार्टीका गाउँपालिका संयोजक फणिन्द्र तिमल्सिना, सचिव शंकरकुमार पराजुली, भीमप्रसाद तिमल्सिना, भक्तबहादुर राई, विवेक गोलेलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा तरुण दलका जिल्ला सचिव सन्तोष सापकोटाले सहजीकरण गरेका थिए ।