नगर प्रमुख यादवले छात्राहरुलाई प्रोत्साहन गर्न वितरण गरे साईकल

798

रौतहट, १९ फागुन । रौतहटको माधव नारायण नगरपालिकाले बुधबार एक कार्यक्रमका विच ४५ छात्राहरुलाई निःशुल्क साईकल वितरण गरेको छ ।

माधव नारायण नगरपालिकामा माधोपुरमा भएको कार्यक्रममा कक्षा ७, ८ र ९ मा अध्ययनरत छात्राहरुलाई नगरपालिकाबाट निःशुल्क साईकल वितरण गरिएको हो ।

नगर प्रमुख विरेन्द्र प्रसाद यादवले नगरपालिका भित्र रहेका विधालयहरुका कक्षा ७, ८ र ९ मा उत्कृष्ट नतिजा ल्याउने छात्राहरुलाई प्रोत्साहन गर्न  साईकल वितरण कार्य गरिएको जानकारी गराए । 

यस वर्षबाट सुरुवात गरिएको यो योजना अगामी दिनहरुमा पनि छात्राहरुको मनोबल उच्च गर्न जारी राख्ने तथा अन्य क्षेत्रहरुमा पनि राम्रा र उत्कृष्ट नतिजा ल्याउनेहरुलाई समेत सम्मान गर्न यस्ता किसीमका नौला कार्यक्रमहरु संचालन गर्ने नगर प्रमुख यादवले बताए ।