विधायक कुन्दन कुशवाहाले गराए कटहरिया सन्तपुर सड़कको र्ममत सम्भार

रौतहट । आषाढ ३१ गते
रौतहट क्षेत्र नम्बर ३ का सांसद एवम् नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहको निर्देशनमा कटहरिया सन्तपुर सड़कको आवतजावत पुनः सुचारु भएको छ । मात्र केहि दिन अगाडि लालबकैया नदीमा आएको बाढ़ीबाट डाईभर्सन भत्केर जिल्लाको उतरी भेगका बासिन्दा लाइ कटहरिया बजार सम्म आउन सम्पर्क विछेद भएको थियो । कटहरिया आउन लाइ त्यस क्षेत्रका बासिन्दा लाइ मौलापुर भएर आउनु पर्ने बाध्यता थियो । अब त्यो समस्या टरेको छ । यस क्षेत्रको सांसद साह को निर्देशनमा बिधायक कुन्दन कुशवाहाको नेतृत्वमा सरकारी बजेट र प्रक्रियाको प्रतीक्षा नगरी जनताको सेवालाई ध्यानमा राखेर निजी पहलमा सड़क निर्माण गराउनु भएको हो । फतुवा बिजयपुरलाई कटहरिया संग जोड़ने यो महत्वपूर्ण सड़कलाई यति छीटो सुचारु गर्न पहल गर्नु भएकोमा सांसद साह र विधायक कुशवाहा लाई यस क्षेत्रका जन्ताहरुले धन्यवाद ज्ञापन गरेका छन् । वार्षिक करोडौं रुपैया नदि नियन्त्रणमा खर्च हुदै आएपनि वर्षेनि यस क्षेत्रका वासिन्दाहरुको समस्या जस्ताको त्यस्तै रहेको छ । यो समस्या लाइ ठोस रुपमा पहल गरिदिनु हुन सरोकार वाला निकाय संग स्थानियले मांग गरेको छन् ।