रौतहटको मौलापुर नगरपालिकामा विशाल दंगल (कुस्ति) प्रतियोगिता सम्पन्न भएको छ ।

निवेश यादव
रौतहट,फागुन २९ गते ।
आफनै पुरानो ईतिहास,संस्कृति सम्बर्द्धन र खेलकुदको पर्यटनको प्रवर्द्धन गर्ने उदेश्यले मौलापुर पुरातात्त्विक महादेव मन्दिर प्राङ्गणमा जारी मधानी महायज्ञको अवसरमा आयोजना गरिएको दुई दिवसीय कुस्ति(दंगल) प्रतियोगिता सम्पन्न भएको छ । कुस्ती प्रतियोगितमा नेपाल तथा छिमेकी मुलुक भारतका चर्चित कुस्तिवाजहरुले कुस्ति लडे्का थिए । सो दंगलमा भारतका दिल्ली , हरियाना , बिहार, राजस्थान, अयोध्या, मध्यप्रदेश, कानपुर, गजियाबाद, त्यस्तै नेपालका बिभिन्न स्थानका पहलानहरुले कुस्तिको माध्यमले दर्शकहरुलाई मनमोहित गरेका थिए । कुस्ती प्रतियोगितामा अवलोकन गर्न रौतहटसहित बारा, पर्सा, सर्लाही जिल्ला तथा भारत बिहारका हजारौं दर्शकहरुको उपस्तिथि रहेको थियो । नेपाल तथा भारतका ९० जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कुस्तीबाजहरुको कुस्ती कला प्रस्तुत गरेका थिए । जसमा ९ जना महिला खेलाडीको सहभागिता रहेको थियो । शुक्रवार प्रतिनिधिसभा सदस्य समिना हुसेनले कुस्ति प्रतियोगिताको उदघाटन गरेकी थिइन् । सो अवसरमा नेपाल कुस्ती संघका अध्यक्ष राज महमद अन्सारी, मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साह, नेकपा नेता त्रिभुवन साह ‘अमर’ लगायतको उपस्थिति रहेको थियो । केही वर्षअघि पतौरामा जग्गा उत्खनन गर्दा ११औं शताब्दीअघि निर्माण भएका शिव मन्दिर फेला परेपछि स्वदेशी तथा विदेशी पुरातात्विक विदहरुलाई स्थलगत अध्ययन पश्चात गत वर्षदेखि सो स्थानमा मधानी महायज्ञको सुरुआत गरिएको हो । सो मन्दिर क्षेत्रमा कर्णाटककाल भन्दा पहिलेको अवषेशहरु भेटिएको र नेपालको पुरातत्व विभागको टोलीले सो स्थानमा उत्खनन अन्य ऐतिहासिक तथ्यहरु पनि फेला परेको छ । सोही मन्दिरलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले मधानी महायज्ञ आयोजना गरिएको हो ।