काँग्रेसीहरुको भेलाले युवालाइ मौका,मौलापुर नगर सभापतीमा संतोष साह चयन

रौतहट । साउन ०३ गते
नेपाली काँग्रेस रौतहटको आज कटहरियामा वृहत भेला सम्पन्न भएको छ । कटहरिया स्थित रहेको त्रिशक्ति इंग्लिश बोर्डिङ स्कूल को प्राङ्गणमा काँग्रेसीहरुको भेला बोलाइएको थियो । नेपाली कांग्रेस रौतहट क्षेत्र नं ३ को क्षेत्रिय सभापति रामभरोस प्रसाद यादव को अध्यक्षतामा भेला सम्मपन्न भएको थियो । भेला बाट ६ वटा नगरपालिकाको नगर सभापती चयन गरिएको हो । जिल्लाको क्षेत्र नं ३ अन्तरर्गत रहेका नगरपालिका हरुमा नगर सभापति चयन गरिएको छ । कटहरीया नगर कमिटी को सभापति मा सर्फलाल प्रसाद गुप्ता ,गरुडा नपा को नगर सभापति मा कृष्णदेव गिरी, गुजारा नपा को नगर सभापति मा कुमार प्रसाद चौलागाई , फतुवा बिजयपुर नपा को नगर सभापति मा बाबुराम अधिकारि, मौलापुर न पा को नगर सभापति मा सन्तोष कुमार साह लगायतका व्यतीहरु चुनिएका छन् । भेलाको प्रमुख अतिथिको रुपमा पूर्व सांसद जितेन्द्र प्रसाद यादव रहनुभएको थियो भने अतिथि मा जिल्ला समन्वय समितिका अध्यक्ष रामएकवाल राय यादव, नेपाली काँग्रेसका जिल्ला सचिव हृदयनरण यादव, क्षेत्र नं ३ ख का विधायक प्रत्यासी रामनारायण राय यादव, फतुवा बिजयपुर नपा का मेयर गोपाल प्रसाद यादव, गरुडा नपाका मेयर प्रत्यासी सुनिल कुमार यादव, क्षेत्र नं ३(ख) का सभापति रामयोध्या राय यादव, जिल्ला सदस्य बालमीकी यादव,लगायत क्षेत्र नं ३ का सयौं कार्यकर्ता हरुको उपस्थि रहेको पत्रकार प्रकाश श्रेष्ठले जानकारी गराएका हुन् ।