रक्त क्यान्सरपीडित बालिकाको उपचारमा आर्थिक अभाव, सहयोगको याचना

चितवन–चितवनको भरतपुर–२४ ध्रुवनगर निवासी सात बर्षीया बालिका दिबिशा विश्वकर्मा अहिले जीवन मरणको दोसाँधमा छिन् । रक्त क्यान्सरको समस्या देखिएको बालिकालाई बचाउन परिवारले हारगुहार गरेको छ ।

दिबिसाको अहिले भारतको नयाँ दिल्ली उपचार भइ्ररहेको छ । तर, आर्थिक अभावको कारण उनको परिवारले पनि उपचार गराउन नसक्ने अवस्थामा पुगेपछि सहयोगको लागि परिवारले याचना गरेको छ । उनको उपचारको लागि भनेर उनको बाबा नेत्रबहादुर बिक वैदेशिक रोजगारबाट छुट्टी लिएर आएका छन् । नयाँदिल्लीको आयम्स हस्पिटलमा अहिले उनको उपचार भइरहेको छ । छोरीको उपचारमा डाक्टरले करिब २५ लाख भन्दा बढी खर्च लाग्छ भनेको बताउँदै नेत्रबहादुरले आफूसँग त्यत्रो पैसा नभएको भन्दै गुनासो गरे ।

छोरीको उपचारको लागि आफूलाई सक्दो सहयोग गर्न उनले सबैसँग आग्रह गरेका छन् । उपचारमा सहयोग गर्न चाहनेहरुले नेत्रबहादुर बिकको ग्लोबल आइएमईं बैंकमा रहेको खाता न 3309012900348 मा रकम जम्मा गर्न सकिनेछ भने 9910436282 मा सम्पर्क गरेर पनि सहयोग गर्न सक्नुहेनछ ।