कम्युनिष्ट आन्दोलन बचाउन कांग्रेसलाई सत्ता बुझाउनु अनिवार्य छ : माधव नेपाल

काठमाडौं, जेठ ११ । पूर्वप्रधानमन्त्री एवं एमालेबाट निश्काशित नेता माधवकुमार नेपालले मुलुकको कम्युनिष्ट आन्दोलनलाई बचाउन नेपाली कांग्रेसलाई सत्ता बुुझाउनु अनिवार्य रहेको बताउनु भएको छ ।

पार्टीमा गरेको अपराधपूर्ण कामको आधारमा साधरण सदस्यबाटै निश्काशनमा परेपछि आज एमालेका पूर्वमहासचिवसमेत हनुभएका नेता नेपालले अपिलमार्फत कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ताको चावी बुझाउनु नै नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा हुने बताउनु भएको हो । नेत नेपालको यस निश्कर्षले उहाँहरु कांग्रेसको भातृ संस्थाको रुपमा अगाडि जाने मार्गचित्रसमेत उजागर गरेको छ । ‘अब हामीमाथि कानूनी, राजनीतिक तथा सडक आन्दोलनबाट प्रतिगामी ओली सरकारलाई बढार्दै मुलुकमा कानूनको राज स्थापना गर्ने दायित्व आइपरेको छ,’ कांग्रेस सभापति शेरबहादुर देउवालाई संबिधानभन्दा बाहिरबाट प्रधानमन्त्री बनाउने अभियानमा लाग्नुभएका नेपालले आफ्नो अभियानबारे भन्नुभएको छ ।

उहाँले एमाले सांसदको हस्ताक्षर संकलन गरी प्रधानमन्त्री बनाउन देउवाको पाउमा लगेर बिक्रि गर्नुभएको थियो । नेता नेपालले आजको अपिलमा एमाले बरिष्ठ नेता उल्लेख गर्नुभएको छैन । आफ्नै अपराधपुर्ण कामका कारण पार्टीबाट निश्काशित हुनुभएका नेपालले अपिलमा आफूले गरेको सवै अपराध अध्यक्ष केपी शर्मा ओलीमाथि लगाउनु भएको छ । प्रतिक्रियावादीको मतियार बनेर एमाले र कम्युनिष्ट आन्दोलन ध्वस्त बनाउन नेता नेपाल लागेको तथ्य प्रमाणित भएसके पनि उहाँले अध्यक्ष तथा प्रधानमन्त्री ओलीमाथि दोष लगाउनु भएको हो ।

दुई तिहाई बहुमतको सरकार समाप्त पार्न छिमेकबाट सुपारी लिनुभएका नेता नेपालकै कारण अहिलेको अवस्थामा पुगेको तथ्य घाम जत्तिकै छर्लंग भएपनि उहाँले अरुलाई दोषारोपन गर्नुभएको हो ।साभार जनता टाइम्स