शितलपुरमा विद्यालय भवनको गरियो सिलान्यास

आरके श्रीवास्तव ।जेष्ठ ३० रौतहट ।
रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकाको वडा न २ मा रहेको श्री निम्न माध्यमिक विद्यालयमा मेयर गोपाल यादवले करिब ७५ लाखमो लगानिमा ५ कोठे २ तल्ले भवनको शिलान्यास गर्नु भएको छ । विद्यार्थीहरुलाई पढन आउने बेला भवनको धेरै अभाव भएको गुनासो आए पछि मेयर गोपाल यादवले ७५ लाखको लागतमा उक्त भवनको शिलान्यास गरेको छ।बिस्तरै बिस्तारै भवन निर्माणको प्रकृया अगाडि समेत बढाउने खालको योजना दिने घोषणा समेत मेयर गोपाल यादवले गरेको छ।उक्त शिलान्यास कार्यक्रममा वडा न २ को वडा अध्यक्ष भबिक्षन यादव,प्रअ श्रीनरायान साह,बेदयानन्द यादव लगाएत दर्जनौ स्थानियको उपस्थित रहेको थियो ।