पहिलो मकवानपुर जर्नालिजम अवार्ड प्रदान, यी पत्रकारले जिते अवार्ड

हेटौंडा–मकवानपुरका करिब दुई दर्जन पत्रकारले विभिन्न विधामा अवार्ड प्राप्त गरेका छन् । क्रियशन मिडिया एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा मकवानपुरको थाहा नगरपालिका पहिलो मकवानपुर जर्नालिजम अवार्ड प्रदान गरिएको हो ।

शुक्रबार साँझ सम्पन्न भएको अवार्डमा मकवानपुरमा क्रियाशील दुई दर्जन पत्रकारहरुले विधागत रुपमा अवार्ड प्राप्त गरे भने विभिन्न क्षेत्रमा क्रियाशिल पत्रकारहरुलाई खबरब्रेक सम्मानबाट समेत सम्मानित गरिएको थियो । लाईफटाईम अचिभमेन्ट अवार्ड– २०७५ कान्तिपुर दैनिकका प्रताप विष्टलाई प्रदान गरिएको छ । त्यस्तै एभिन्युज टेलिभिजनका संवाददाता राजन दाहाललाई सर्वोत्तकृष्ट वर्ष पत्रकार घोषित गर्दै अवार्ड प्रदान गरिएको छ ।

कारोबार दैनिकका मकवानपुर संवाददाता, प्रदेश सञ्चार डटकमका सम्पादक तथा साझाकुरा दैनिकका समाचार संयोजक केशव समर्पणले सर्वोत्कृष्ट अर्थ पत्रकार वर्ष अवार्ड पाए । साझाकुरा दैनिकका कार्यकारी सम्पादक सुवास बिडारीलाई सर्वोत्कृष्ठ खेल पत्रकार अवार्ड प्रदान गरियो भने सर्वोत्कृष्ट चलचित्र पत्रकार अर्वाड सिधाखबर डटकमका श्रीराम अर्जुनलाई दिइएको छ ।

त्यस्तै कान्तिपुर दैनिकका संवाददाता नगेन्द्र अधिकारीले सर्वोत्कृष्ट संसदीय रिपोर्टिङ अवार्ड पाउँदा अन्नपूर्ण पोष्ट दैनिकका कृष्ण सारु मगरले सर्वोत्कृष्ट खोज पत्रकारिता अवार्ड पाए । सर्वोत्कृष्ट सामाजिक पत्रकारिता अवार्ड हेटौंडा सन्देश दैनिकका हरि हुमागाईंले पाए भने समृद्ध समाज दैनिककी पत्रकार प्रिया पौडेललाई शिक्षा, कृषि र पर्यटन पत्रकारिता अवार्ड दिइयो ।

नयाँ पत्रिका दैनिकका सुदीप शिवाकोटीले सर्वोत्कृष्ट राष्ट्रिय मिडिया रिर्पोटर अवार्ड पाए भने सर्वोत्कृट बजार ब्यवस्थापक शक्ति एफएमका मनोज देवकोटा घोषित हुँदै अवार्ड पाए ।
हेटौंडा एफएमका एमपी शर्मालाई सर्वोत्कृष्ट रेडियो पत्रकार अवार्ड र सर्वोत्कृष्ट युवा पत्रकार वर्ष अवार्ड प्रदेश दैनिकका प्रमोद अर्याललाई दिइयो । चितवन पोष्टका रिपोर्टर अमृत चिमरियाले सर्वोत्कृष्ट उदयीमान पत्रकार वर्ष अवार्ड पाउँदा टिम टेलिभिजनकी नानीमाया सापकोटाले सर्वोत्कृष्ट महिला पत्रकार अर्वाड जितिन् ।

उत्कृष्ट रेडियो प्राविधिक अवार्ड रेडियो थाहा सञ्चारका दर्शन् क्षेत्रीले पाए । रेडियो अनमोलका सञ्चालक बालकृष्ण दाहाल सर्वोत्कृष्ट युवा सञ्चार उद्यमी घोषित भए । गोल नेपाल डटकमका विक्रम बानियाँले सर्वोत्कृष्ट फोटो पत्रकार अवार्ड पाए । सर्वोत्कृष्ट टिभी रिर्पोटर अर्वाडबाट जनता टेलिभिनका पुष्पराज अधिकारी सम्मानित भए । सर्वाेत्कृष्ट विकास पत्रकारिता अर्वाड कान्तिपुर टेलिभिजनका बालकृष्ण अधिकारीले पाए । सर्वोत्कृष्ट फिचर रिर्पोट अर्वाड न्युज २४ टेलिभिजनका देवराज पन्त घोषित भए ।

सर्वोत्कृष्ट अनलाईन पत्रकार अवार्ड विकास खबर डटकमका सुरजकुमार भुजेलले प्राप्त गर्दा टिम टेलिभिजनका कपिल खड्का सर्वोत्कृष्ट क्यामरामेन घोषित भए । समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठले सर्वाेत्कृट सम्पादक वर्ष अवार्ड पाए । विकास खब डटकमकी मञ्जरी बलामीले क्रियाशील पत्रकार अवार्ड पाइन् ।

कार्यक्रममा प्रदेश सांसदहरु मुनु सिग्देल, प्रेमबहादुर पुलामी सहित मकवानपुरका सबै स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरुले विजेताहरुलाई अर्वाड प्रदान गरेका थिए । कार्यक्रमअघि मकवानपुरको पर्यटन पर्वद्धनमा मिडियाको भूमिका विषयक सेमिनार कार्यक्रम समेत भएको थियो । कार्यक्रमलाई प्रदेश नम्बर ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले सम्बोधन गरेका थिए ।

कार्यक्रममा थाहा नगरपालिकाका मेयर लवशेर विष्ट, हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीना लामा, कैलाश गाउँपालिका अध्यक्ष टंक मोक्तान, ईन्द्रसरोवर गाउँपालिका अध्यक्ष जीवन लामा, राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती तथा बकैया गाउँपालिका उपाध्यक्ष सरला बोलखेले पर्यटनको विषयमा प्रस्तुती दिएका थिए ।