आज श्रीकृष्ण जन्माष्टमी मनाइँद

रौतहट । साउन २७ गते
भगवान् श्रीकृष्णको जन्म भएको दिन आज श्रीकृष्ण जन्माष्टमी मनाइँदैछ । भदौ कृष्ण अष्ठमीको दिन यो पर्व मनाइदै आइरहेको छ ।
विगतमा आजको दिन कृष्ण मन्दिरहरु र मुर्ति बनाएको ठाउँहरुमा भक्तजनहरुको घुइँचो लाग्थ्यो । केही दिन अघिदेखि नै तयारी सुरु हुन्थ्यो। यस वर्ष भने कोरोना महामारीका कारण कृष्ण मन्दिर नै बन्द छ भने ठाउँ ठाउामा मेला नलाग्ने भएको छ ।
कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गरेर प्रशासन र टोल सुधार समितिले मन्दिर बन्द गर्ने निर्णय गरेका हुन्।
कृष्ण जन्माष्टमीको दिन घरमै पूजाआज गरी परम्परालाई निरन्तरता दिन रौतहट प्रशासनले आग्रह गरेको छ । रौतहटमा निषेधाज्ञाका कारण श्रीकृष्ण जन्माष्टमी पर्वमा असर परेको हो ।