धरौटी बुझाएर छुटेपछि यसो भने ज्वालाले, लगतै पक्राउ परे (हेर्नुहोस् भिडियो)

हेटौंडा– नेक्रविक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेकपा मकवानपुर इञ्चार्ज बीरबहादुर घलान ज्वालले धरौटी बुझाएर रिहा भएलगतै जिल्ला अदालत मकवानपुरको परिसरमा पत्रकारहरुसँग कुरा गर्दै राज्यले आफूहरुलाई अनावश्यक रुपमा दुःख दिइरहेको बताए । उनले जनताको आवाजलाई शक्तिको आडमा कुल्चिने कोसिस भइरहेको बताए । ‘हामीलाई अपराधिक क्रियाकलाप गर्ने आरोप लगाइएको छ । त्यस्तो होइन । हामी देश र जनताका लागि संघर्षमा रहेका छौं । यसक्रममा हामीमाथि अनावश्यक मुद्धा लगाइएको हो ।’,
राज्यबाट भइरहेको गतिविधि राम्रो नभएको भन्दै उनले सरकारले अनावश्यकता यातना दिइरहेको बताए । ‘वार्ताका लागि आव्हान गर्ने तर, ढोकामा बन्दुक राख्ने यो सरकार शैलीबाट प्रष्ट हुन्छ लोकतन्त्रमा कसरी जनताको आवाज दबाउने काम भइरहेको छ भनेर ।’, ज्वालाले भने,‘सरकार पूर्णरुपमा असफल भइरहेको छ । आफू असफल भइरहेको अवस्थालाई लुकाएर दोष जनताको आवाज बोल्नेहरुमाथि वर्तमान सरकारले लगाइरहेको छ ।’, उनले भने ।


भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

भिडियो केशव समर्पण